Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-25 07:14 AM
अर्थ/विकास

कर्नालीमा अर्गानीक उत्पादन, ठुला सहरमा बढ्दाे माग

दलसिंह गिरी | साउन २७, कालिकाेट | कर्नाली क्षेत्रबाट उत्पादित जडिबुटीजन्य बस्तुको माग देशका बिभिन्न शहरमा बढ्दो अवस्थामा रहेकाे छ । कर्नाली क्षेत्रमा बहुउपयाेगी जडिबुटकाे खेती तथा संकलन गरी बिभिन्न निकायले बिना रसायन प्रशाेधन सहित जडिबुटीजन्य उत्पादन गरेर बजारमा ल्याएपछि यसकाे माग निकै बढेको हो ।

कर्नाली क्षेत्रमा उत्पादन तथा प्रशाेधन हुने  स्याउको ब्राण्डी, वाइन, जामजेली, जडिबुटी पेय, जडिबुटी मसला, ग्याष्टि चुर्ण डाइबेटिज चुर्ण एलाेभेरा जुस प्रशाेधित मह जस्ता उत्पादित जडिबुटीजन्य बस्तुहरुकाे माग देशका ठुला शहरहरु काठमाडौं, पोखरा, नारायणघाट, धनगढी, सुर्खेत र नेपालगंज धनगढी जस्ता क्षेत्रमा माग निकै बढी रहेको छ । बजारमा कर्नालीबाट उत्पादित जडिबुटी जन्य बस्तुकाे माग ब्यापक बढेपनि उत्पादन क्षेमता बिकासमा बिबिध समस्याका कारण ती सहरहरुमा प्रयाप्त मात्रामा उपलब्ध गराउन गाराे भएकाे जडिबुटी उत्पादक संचालकहरु बताउछन् ।

अाफ्नाे सहकारीबाट उत्पादन गरेका जडिबुटी जन्य बस्तुहरुकाे बारे बताउदै कर्नाली जडिबुटी उत्पादक सहकारी स‌ंस्थाका अध्यक्ष अजय गिरीले सहकारीबाट उत्पादन हुने जडिबुटी पेय, जडिबुटी मसला, ग्याष्टि चुर्ण डाइबेटिज चुर्ण एलाेभेरा जुस प्रशाेधित मह, सिस्नोकाे धुलाे जस्ता बस्तुकाे माग धेरै बढेकाे तर प्रशाेधनमा प्रयाप्त प्रबिधिकाे बिकास अभावका कारण बजारकाे माग अनुसारको उत्पादन गर्न ग्राहो भएको बताउनु भएकाे छ ।

बजारकाे मागलाइ पुर्ति गर्न राज्य स्तरबाटै कर्नालीमा जडिबुटी अाैधाेगिक क्षेत्र घाेषणा गरी जडिबुटी खेती स‌ंरक्षण सम्वर्दन तथा प्रशाेधनका लागि बिषेश अभियान संचालन हुन सकेमात्र नेपालका प्रमुख सहरमात्र हैन बिदेशी सहर सम्मकाे माग पुर्ति गरी देशकै अार्थिक उन्नति हुने सहकारीका अध्यक्ष गिरीले बताउनु भएकाे छ ।

यतिमात्र नभै कर्नालीमा उत्पादन हुने चिनाे कागुनाे फापर जाै जस्ता रैथान खाद्य बस्तुको माग पनि नेपालका यि शहरहरुमा माग निकै बढे पनि माग अनुसारको खाध्य बस्तु उत्पाद गरी पुर्ति गर्न नसकिएकाे जुम्लाका रैथाने बाली उत्पादक लक्ष्मी बहादुर भग्रीले बताउनु भएकाे छ ।
कर्नालीमा उत्पादन हुने सिमि कालोमार्सी धान, उसिनेकाे मकै जस्ता खाध्य बस्तुहरुकाे माग नेपालका बजारमा मात्र नभै अन्तराष्टि्य बजारमा समेत हुन थालेकाे कर्नाली खाद्य सरोकार समुहका अध्यक्ष मायाराम महताराले बताएका छन् । यस्ताे बढ्दाे मागलाइ बिश्वसनिय बनाउन सरकारी निकायले खाद्य बस्तुकाे गुणस्तर मापदण्ड परिक्षण गरी ब्यापार प्रक्रिया अगाडी बढाउन पर्ने महताराले बताउनु भयाे ।

कर्नालीमा उत्पादन हुने धेरै जसाे जडिबुटीहरु कर्नालीबाट संकलन गरी अनेत्र जिल्ला तथा देशमा प्रशाेधन गरी बजारमा ल्याउने प्रबृति पहिलेबाटै बढेकाले कर्नालीकाे पहिचान र अस्तित्व गुमनाम रहेकाे जडिबुटी ब्यावसायी प्रेमबहादुर शाहीले बताएका छन् । अब कर्नालीकाे पहिचान र अस्तित्व बचाउनका लागि राज्यकाे मुख ताक्नु भन्दा हामी कर्नालीवासीले नै केही उदाहरणीय रचनात्कम उपायहरु अवलम्बन गरी कार्यान्वयन गर्न अाजकाे अावश्यकता रहेकाे शाहीले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक