2026-10-13 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारीमा हुनुहुन्छ ? ‘असारभित्रै समाजिक सुरक्षा कोषमा आवद्ध हुनुस्’

असार ११, काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाताहरुलाई असार मसान्त भित्रै कोषमा आवद्ध भई सम्पूर्ण श्रमिकरुलाई सहभागी गराउन आग्रह गरेको छ । श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रम ऐन लागू हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य प्रावधान भएकोले कोषमा आवद्ध हुन कोषले अनुरोध गरेको छ । 

२०७८ असार मसान्तभित्र आबद्ध भई योगदान प्रारम्भ गर्ने योगदानकर्ताले अवकाश हुँदा वा जुनसुकै समयमा रोजगारीबाट अन्त्य हुँदा तत्कालै वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको प्रतिफलसहितको सम्पूर्ण रकम भुक्तानी लिन चाहेमा एकमुष्ट रुपमा लिन सक्ने लगायतका व्यवस्थासमेत सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ (दोस्रो संशोधन) ले गरेको हुँदा २०७८ असार मसान्तसम्म योगदानकर्ताको योगदान प्रारम्भ गरी/गराई कार्यविधिले प्रदान गरेका सुविधाहरू उपयोग गर्नु गराउनु हुन कोषले अनुरोध गरेको छ ।

२०७८ श्रावणपछि योगदान प्रारम्भ गर्ने योगदानकर्ताका लागि समेत अवकाश हुँदाका बखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम प्रतिफल (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको छ । योगदानकर्ताले चाहेमा निवृत्तभरण योजनामा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा रकम मात्र जम्मा हुने गरी सोभन्दा बढी रकम अवकाश योजनामा जम्मा हुने व्यवस्थाबाट जुनसुकै समयमा जागिरबाट अलग हुँदा सम्पूर्ण रकम निकाल्न सकिने व्यवस्था छ ।

जुनसुकै योगदानकर्ताको १८० महिनाभन्दा कम अवधिको योगदान रकम जम्मा भएमा निवृत्तभरण योजनाको रकमसमेत निवृत्तभरण नलिई एकमुष्ठ भुक्तानी लिन चाहेमा लिन सक्ने व्यवस्था समेत छ । सम्बन्धित योगदानकर्ताले चाहेमा अन्य अवकाश कोषमा रहेको पुरानो रकम कोषमा हस्तान्तरण गर्ने व्यवस्था कार्यविधिले गरेकाले त्यस्तो हस्तान्तरण अनिवार्य नभई स्वेच्छिक प्रावधान रहेको छ ।

‘उल्लेखित कानुनी व्यवस्था हुँदाहुँदै पनि पछिल्लो समय सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट सबै योगदानकर्ताका लागि निवृत्तभरण अनिवार्य र ६० वर्षभन्दा पहिले नै जागिर छोडेमा निवृत्तभरण योजनाअन्तर्गतको रकम निकाल्न ६० वर्षसम्म पर्खनुपर्ने, अन्य अवकाश कोषमा रहेको पुरानो रकमसमेत कोषमा नै अनिवार्य ल्याउनुपर्ने एवं सो रकम निकाल्नका लागि समेत ६० वर्ष नै पर्खनुपर्ने र योगदान रकमको साँवा रकम नै प्राप्त नहुने भन्ने लगायतका निराधार टिप्पणीप्रति कोषको ध्यानाकर्षण भएको छ,  कोषद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

आगामी दिनमा निवृत्तभरण योजनालाई बिमाङ्गीय मूल्याङ्कनका आधारमा योगदानकर्तामैत्री र समय सान्दर्भिक बनाउँदै जाने सन्दर्भमा कोष प्रतिबद्ध रहेको जनाइएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा सबै श्रमिकले पाउने गरी कानुनी व्यवस्था भएको सन्दर्भमा कोषमा श्रमिकहरूको सूचीकरण तथा नियमित योगदान गरी / गराई रोजगारदातामा निहीत दायित्वसमेत कोषमा हस्तान्तरण गर्नु गराउनु हुन कोषले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो