2026-11-28 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की

2026-10-12

काठमाडौँ | नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ । उहाँले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार दुरूपयोग गर्दा प्रहरी सङ्गठन नै बदनाम हुने हुदाँ त्यसतर्फ हेक्का राख्न उहाँले आग्रह गनुभयो । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दा उहाँले सो कुरा बताउनुभएको हो । सो समारोहमा उहाँले प्रहरीको नेतृत्व आदेशमा नभई उदाहरणमा देखिनुपर्ने बताउनुभयो ।

दीक्षित हुने प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना दिँदै उहाँले लिएको शपथलाई व्यवहारमा जनताप्रति नरमभाव राखी काम गर्न निर्देशन दिनुभयो । “सेवाग्राहीप्रतिको व्यवहारदेखि, अनुसन्धानको गुणस्तर, कर्मचारीको मनोबलदेखि अनुशासन, समुदायसँगको सम्बन्धदेखि कठिन परिस्थितिमा लिइने निर्णयसम्म नेतृत्वको वास्तविक मूल्याङ्न गर्नेछन्,” उहाँले भन्नुभयो। प्रहरीको पोसाकले परिचय दिए जस्तै आचरणले नेपाल प्रहरीको परिचय बनाउने उहाँको भनाइ थियो । “प्रहरीको यो पदले अधिकार दिन्छ, चरित्रले उक्त अधिकारलाई वैधता दिन्छ । त्यसैले, पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै सम्झौता गर्नुहुने छैन,” उहाँले भन्नुभयो ।

महानिरीक्षक कार्कीले तालिम समापन भए पनि प्रहरी अधिकृतका रूपमा वास्तविक परीक्षा सुरु हुने उल्लेख गर्नुभयो । प्रहरी निरीक्षकको पद केवल एउटा दर्जा मात्रै नभई यो निर्णय गर्ने सामथ्र्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको उहाँको भनाइ थियो । उहाँले सेवाका क्रममा भय, प्रलोभन, माया र द्वेषभावबाट मुक्त भई प्रस्तुत हुन निर्देशन दिँदै यो नै प्रहरी सेवाको मूल नैतिक आधार भएको बताउनुभयो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोत्कृष्ट प्रशिक्षार्थी चोपबहादुर डेँगालाई कुलानन्द विद्या पुरस्कार प्रदान गर्नुभयो । प्रशिक्षार्थीले प्रधानमन्त्रीको सम्मानमा कार्यक्षेत्र प्रवेश कवाज प्रदर्शन गरेका थिए ।

साथै नेपाल सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक चोपबहादुर डेंगा (अध्ययन विधा), गोपाल राई (शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि), रामकुमार जिटी (प्रहरी युक्ति तथा कारबाही), विकासकुमार धामी (चाँदमारी), विशाल पौडेल (सर्वतृतीय) र बालकृष्ण पोख्रेल (सर्वद्वितीय) हुनुहुन्थ्यो । दीक्षित हुने प्रहरी निरीक्षकहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शपथ खुवाउनुभएको थियो । प्रशिक्षार्थीले धार्मिक ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेका थिए । प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस अवसरमा ७९ जना प्रहरी निरीक्षक दीक्षित हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ