2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो

2026-10-12

काठमाडौँ | बूढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले ७२ घरधुरीका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने पक्की पुलसमेत बगाएको छ। आइतबार (हिजो) बिहान आएको बाढीले धादिङको विशालनगर क्षेत्रमा रहेका पक्की तथा कच्ची घरहरूमा क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रभावित ७२ घरधुरीमध्ये ५८ घरधुरी पूर्ण रूपमा क्षति भएका छन्। १४ घरधुरीका भौतिक संरचनामा सामान्य क्षति पुगेको छ। बाढीबाट कुल ३०८ जना प्रभावित भएको प्रहरीले जनाएको छ।

बाढीले गोरखाको आरुघाट गाउँपालिका–९ नयाँपुलबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार जोड्ने पक्की पुल बगाएको हो। सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको प्रारम्भिक विवरणमा उल्लेख छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीमा फसेका ६५ वर्षीय जितबहादुर माझीलाई बाढीका फसेको अवस्थामा सकुशल उद्धार गरेको छ। नुवाकोटको तारकेश्वर नगरपालिका–२ घर भएका माझी हाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ कछाडगाउँस्थित छोरीको घरमा बस्दै आएका थिए। उनलाई त्रिपुरासुन्दरी–१ देवीस्थानस्थित बाढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीबाट मानवीय तथा चौपायाको क्षति भएको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काको कमान्डमा ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। बाढी प्रभावितमध्ये ३५ जना त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द