2026-10-12 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो

2026-10-12

काठमाडौँ | बूढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले ७२ घरधुरीका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने पक्की पुलसमेत बगाएको छ। आइतबार (हिजो) बिहान आएको बाढीले धादिङको विशालनगर क्षेत्रमा रहेका पक्की तथा कच्ची घरहरूमा क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रभावित ७२ घरधुरीमध्ये ५८ घरधुरी पूर्ण रूपमा क्षति भएका छन्। १४ घरधुरीका भौतिक संरचनामा सामान्य क्षति पुगेको छ। बाढीबाट कुल ३०८ जना प्रभावित भएको प्रहरीले जनाएको छ।

बाढीले गोरखाको आरुघाट गाउँपालिका–९ नयाँपुलबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार जोड्ने पक्की पुल बगाएको हो। सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको प्रारम्भिक विवरणमा उल्लेख छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीमा फसेका ६५ वर्षीय जितबहादुर माझीलाई बाढीका फसेको अवस्थामा सकुशल उद्धार गरेको छ। नुवाकोटको तारकेश्वर नगरपालिका–२ घर भएका माझी हाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ कछाडगाउँस्थित छोरीको घरमा बस्दै आएका थिए। उनलाई त्रिपुरासुन्दरी–१ देवीस्थानस्थित बाढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीबाट मानवीय तथा चौपायाको क्षति भएको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काको कमान्डमा ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। बाढी प्रभावितमध्ये ३५ जना त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा