2026-11-01 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली

2026-10-12

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कठिन परिस्थिति सामना गरिरहेका बेला आलोचना र उपदेश दिनेहरू धेरै आउने तर, सहयोग र साथ दिनेहरू कम हुने गरेको बताएका छन् । एमालेको केन्द्रीय कार्यालयमा सोमबार केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले पार्टीले धक्का खाएको अवस्थामा पनि संयमित भएर सही निर्णय लिनुपर्ने बताए ।

‘यतिबेलाको परिस्थिति अलि जटिल छ । हामीले धक्का खाएका छौँ । यस्तो धक्का खाएका बेला सम्पन्नता र सफलता हुन थाल्यो भने साथीभाइको ओइरो हुन्छ,’ ओलीले भने, ‘विपन्नता हुन थाल्यो भने, असफलता हुन थाल्यो भने, ओरालो लाग्यो भने बुद्धि छैन, ढङ्ग छैन भनेर उपदेश दिने धेरै आउँछन् । सहयोग गर्ने आउँदैनन्, साथ दिने कम आउँछन् ।’

उनले सुखमा सबै साथी हुने तर दुःखमा साथ दिने कम हुने आशय व्यक्त गर्दै कठिन परिस्थितिमा पनि पार्टीलाई सही दिशामा अघि बढाउनुपर्ने बताए । ओलीले नीति निर्माण र कामको योजना बनाउँदा गल्ती हुन नदिन विशेष ध्यान दिनुपर्ने बताए । निर्णय गर्दा त्रुटि भए त्यसलाई सच्याउने बेलासम्म अरू अघि बढिसक्ने भएकाले शुरूमै सही निर्णय लिनुपर्ने उनको भनाइ थियो ।‘उल्टो बाटो नहिँडियोस्, गलत निर्णय नगरियोस्, सही बाटो हिँडियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ,’ ओलीले भने ।

उनले पार्टीभित्र समस्या आउनसक्ने भए पनि त्यसलाई समाधान गर्नुपर्नेमा जोड दिए । समस्यालाई थप जटिल बनाउने वा बल्झाउनेभन्दा समाधानको बाटो खोज्नुपर्ने उनको भनाइ थियो ।‘समस्या समाधान गर्न सकिन्छ । समस्याको समाधान गर्ने हो । समस्या बढाउने, बल्झाउने होइन,’ ओलीले भने, ‘त्यसो भयो भने हामी सफलता प्राप्त गर्न सक्छौँ ।’पार्टीले कठिन परिस्थिति सामना गरिरहेका बेला सही नीति, योजना र निर्णयमार्फत अघि बढ्नुपर्ने सन्देश दिँदै ओलीले समस्याको समाधान र सही बाटोको छनोटलाई सफलताको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द