
काठमाडौँ | दसैं नजिकिँदै गर्दा काठमाडौँसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। काठमाडौँको सिफलमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न बाध्य भएका छन्। उपभोक्ताले भनेको समयमा ग्यास नपाएको, कतिपयले महिनौँदेखि खाली सिलिन्डर लिएर ग्यासको प्रतीक्षा गरिरहेको तथा केही ग्यास पसल बन्द रहेको गुनासो गरेका छन्।
सिफलमा राति बाहिर ग्यासको सिलिन्डर राखेबापत ५० रुपैयाँसमेत तिर्नुपरेको उपभोक्ताको गुनासो छ। दसैंमा ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिने गरेको उपभोक्ताहरूको गुनासो छ।