2026-11-01 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता

2026-10-12

काठमाडौँ | स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा साेमबार मन्त्रालयले आयोजनाको गरेको कार्यक्रममा उनले मानसिक स्वास्थ्यसम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताएकी हुन्।

“सरकारका तर्फबाट म स्पष्ट पार्न चाहन्छु, मानसिक स्वास्थ्यको विषय हाम्रो प्राथमिकतामा छ । हाम्रो लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचार र सहयोग खोज्दा अपमानित वा उपेक्षित महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु हो,” मन्त्री मेहताले भनिन्। उनले प्रत्येक नागरिकले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने, समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्‌बाट पारित भइसकेकाले त्यसैका आधारमा ऐन निर्माणको अघि बढाइने स्पष्ट पारिन्। उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले उपचारका लागि भौतारिनुपर्ने अवस्था अन्त्य गर्दै प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच स्थापित गर्नुपर्नेमा जोड दिइन्। उनले १०० शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक शय्या छुट्याउने तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ अघि ढाइने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द