१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८ महिनामै निर्यात व्यापारमा कीर्तिमान, १४७ अर्बको निर्यात

८ चैत्र २०७८, मंगलवार ०५:२८

चैत ८, काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै (साउन–फागुन) निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार गर्न सफल भएको हो ।चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७-७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो । यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको विभागले जनाएको छ । गत आवमा इतिहासमै पहिलोपटक १ खर्बमाथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर पुनः रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई वस्तुले ऐतिहासिक उचाइमा पु¥याएको हो ।

नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेललगायतको छ । आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ । यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो ।

यसैगरी, इन्डोनेसिया, मलेसियालगायत देशबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ । यी वस्तु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ । नेपाली व्यावसायीले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाएको छ । तर, यसमा भ्यालु एड भने हुने गरेको छ । निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ । निर्यात हुने अन्य वस्तुमा ओभन फेब्रिक जुट रहेको छ । यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ ।

यस्तै, कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ । यसैगरी, अलंैची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामग्रीमा धेरैजसो धागोकै उत्पादन रहेका छन् ।

चालू आर्थिक वषको बितेका आठ महिना साउनदेखि फागुनमसान्तसम्ममा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।

विभागको तथ्यांकअनुसार ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ बराबरको डिजेल, ४० अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको एलपी ग्याँस र ३९ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको पेट्रोलको आयात भएको हो ।

यसैगरी, आयातको दोस्रो नम्बरमा सोयाबिन तेलको आयात भएको छ । आठ महिनामा ४३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको तेलका लागि आवश्यक कच्चा पदार्थको आयात भएको हो । ३० अर्ब ९९ करोड बढीको पाम तेल, २८ अर्ब १७ करोड बढीको सुन, ३३ अर्ब ७६ करोड बढीको मोबाइल फोन आयात भएको छ ।

आयातको दोस्रो नम्बरमा रहेको सोयाबिन तेलको निर्यात पहिलो नम्बरमा रहेको छ । आठ महिनाको अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ६६ करोड १८ लाख रुपैयाँ बढीको सोयाबिन तेलको निर्यात गरेको छ ।

नेपालका तेल उद्योगीले विभिन्न देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थका आयात गरेर नेपालमा प्रशोधन गरी पुनः तेस्रो देशमा निर्यात गर्ने गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन