Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रामग्राम नगरपालिकाको आय संकलन ५० प्रतिशतले बढ्यो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मोहम्मद ईजहार शेष, भदौं ३१, परासी ।</b> आर्थिक वर्ष २०७१/७२ भन्दा गत आर्थिक वर्ष ७२/७३ मा रामग्राम नगरपालिकाले आवधिक आय संकलनमा ५०.६८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । रामग्राम नगरपालिका नवलपरासीले आर्थिक वर्ष २०७२/७३ मा रु &nbsp;१ करोड ५७ लाख ८ हजार &nbsp;१ सय ८७ रुपैया आय संकलन गरेको छ । विभिन्न शिर्षगत आवधिक विवरणमा लगाएको कर , शुल्क र दस्तुरवाट सो बराबरको रकम उठाउन सफल भएको रामग्राम नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा सो शिर्षकहरुवाट रु १ करोड ४ लाख २४ हजार ८ सय १ रुपैया आय गरिएको थियो भने यो वर्ष ५२ लाख ८३ हजार ३ सय ८६ रुपैया बढि आय गरिएको नगरपालिकाकी कर साखा प्रमुख ललिता ढुङ्गेलले जानकारी दिनुभयो ।<br></p><p>स्थानीय तह लिने सम्पत्ती कर बर्षेनि बढेकोले यो बर्ष गत आर्थिक वर्ष भन्दा आय बढेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढि सार्वजनिक सुविधा उपयोग शुल्कवाट रु ४५ लाख ५२ हजार ६५ , सम्पत्ति करवाट रु ४४ लाख ८८ हजार २ सय २०, नक्सा पास दस्तुरवाट १८ लाख १४ हजार २ सय ७१ , सिफारिस तथा बक्सौनि दस्तुरवाट रु ११ लाख ८७ हजार ६ सय ४८, ब्वयसाय करवाट ७ लाख ५० हजार १ सय ६७ , दण्ड जरिवानावाट रु २ लाख १८ हजार ६ सय ६ &nbsp;, अचल सम्पत्ती मुल्याङ्कन सेवा शुल्कवाट रु २ लाख २ सय ७९ रुपैया आय गरेको रामग्राम नगरपालिकाले जनाएको &nbsp;छ । आर्थिक वर्ष ७१/७२ मा नगरपालिकाले सबै भन्दा बढि नक्सा पास दस्तुरवाट रु २३ लाख १४ हजार १ सय ४५ , सम्पत्ती करवाट २१ लाख ५१ हजार , सार्वजनिक सुविधा उपयोग शुल्कवाट रु १४ लाख ५३ हजार ४ सय ८६ लगायतका शिर्षकवाट धेरै रकम उठेको थियो । यस्तै रामग्राम नगरपालिकाले बहाल कर , सवारी दर्ता तथा &nbsp;वार्षिक सवारी कर , प्रमाणित दस्तुर , नाता प्रमाणित दस्तुर , सरसफाई शुल्क लगायतका शिर्षकवाट आय उठाउने गरेको छ ।</p>