२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

नेपालको साक्षरता दर १०.८ प्रतिशतले बढ्यो, ७६.३ प्रतिशत कायम

२०७९, १० चैत्र शुक्रबार ०७:३१

चैत १०, काठमाडौँ | नेपालको साक्षरता दर १० प्रतिशतले बढेको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार साक्षरता दर ७६.२ प्रतिशत छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

जनगणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो । जसअनुसार यो गणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका मानिसहरूको संख्या २ करोड ६६ लाख ७५ हजार ९७५ छ । तीमध्ये २ करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न जान्दछन् ।

यो कुल जनसंख्याको ७६.२ प्रतिशत हो । यसअनुसार पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ । ०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

सरकारले ०६५ सालमै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित रणनीति बनाएको थियो । तर, दशक बित्दा पनि निरक्षरता उन्मूलन गर्न सकेको छैन । अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।

जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने