२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सिएलइले २ सय विद्यार्थीलाई नि:शुल्क पढाउने, कहिलेदेखि खुल्छ आवेदन ?

२०८०, ६ बैशाख बुधबार ०७:३३

बैशाख ६, काठमाडौँ | ललितपुर स्थित एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेन्योरसिप कलेजले २ सय विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ ।

सीमान्तकृत विद्यार्थीहरूका लागि हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) मा स्नातक (अनर्स) को लागि गरीब तथा जेहन्दार छात्रवृत्ति कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।

नेपालका ७७ जिल्लाका प्रत्येक एक छात्र र एक छात्रा, अन्य सार्क राष्ट्रहरूबाट एक छात्र र एक छात्रा, १२ जना अपाङ्गता भएका विद्यार्थी लगायत १० जना विद्यार्थी र नेपालमा बसोबास गर्ने १० शरणार्थीहरू गरी २०० योग्य विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।


कलेजले छात्रवृत्ति कार्यक्रमको लागि रकम जुटाउन विभिन्न कोष एजेन्सी र संस्थाहरूसँग सहकार्य गर्नेछ । छात्रवृत्ति कोष मार्फत शिक्षण शुल्क, १८ महिनाको आवास, शिक्षा सम्बन्धी अन्य खर्चहरू समावेश गरिनेछ ।

शिक्षामा समान पहुँच प्रवर्द्धन गर्न र विपन्न विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र वृति–विकास गराउने दिशामा रहने निर्देशित रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमले योग्य विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने छ । जसको लागि नेपाली विद्यार्थीहरूले सार्वजनिक संस्थाहरू मार्फत कक्षा ८, १० र १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । छात्रवृत्ति आवेदन प्रक्रिया २०८० साल जेठ १९ गते बाट खुल्ला हुनेछ र २०८० भदौ महिनामा बन्द हुनेछ । सिएलइले लीड नेपाल इन्क (एलएनइ) सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने