२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

माविको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

३१ बैशाख २०८०, आईतवार ०५:३६

बैशाख ३१, काठमाडौँ | शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ । आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । लाइसेन्सको परीक्षा  भदौ २३ गते बिहान ११ बजेदेखि हुनेछ ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य सङ्कायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ । तर, विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिले समेत दरखास्त दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा एकै दिन एक समयमा हुने भएकाले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो सोही प्रदेश छनोट गर्नुपर्नेछ । तर, एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन पाइनेछैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य