२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

माविको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

२०८०, ३१ बैशाख आईतवार ०५:३६

बैशाख ३१, काठमाडौँ | शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ । आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । लाइसेन्सको परीक्षा  भदौ २३ गते बिहान ११ बजेदेखि हुनेछ ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य सङ्कायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ । तर, विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिले समेत दरखास्त दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा एकै दिन एक समयमा हुने भएकाले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो सोही प्रदेश छनोट गर्नुपर्नेछ । तर, एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन पाइनेछैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने