२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एसईईको नतिजा अन्तिम चरणमा, ग्रेडिङ पद्धतिबारे अन्योल

२०८०, १४ असार बिहीबार ११:१८

असार १४, काठमाडौँ | शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।


‘असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो वार्षिक कार्य तालिका छ । सोही आधारमा तयारी भइरहेको छ’ उनले भने । उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको उनको भनाई छ ।

‘परीक्षणको काम सकिएपछि पनि धेरै प्राविधिक काम हुन्छन् । त्यो काम चलिरहेको छ । नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्ने लगायतका काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने । नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुने अध्यक्ष शर्माले बताए ।

‘अहिले अन्य काम भइरहेको छ । सबै काम सकिएपछि कुन पद्धति मार्फत नतिजा सार्वजनिक गर्ने भनेर निर्णय गर्छौ । अहिलेसम्म केही पनि निर्णय भइसकेको छैन,’ अध्यक्ष शर्माले भने ।  बोर्डले एसईईमा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्थासहितको लेटर ग्रेडिङको व्यवस्था गरेको छ । तर, उक्त नियम अघिल्लो वर्ष समेत अन्तिम समयमा आएर रोकिएको थियो । यो वर्ष कुन आधारमा नतिजा प्रकाशन हुन्छ भन्ने हालसम्म यकिन भइसकेको छैन ।

पुरानै विधिअनुसार ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिँदै आएको छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । २०७९ मा ४ लाख ८४ विद्यार्थीले एसईई दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण