२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कक्षा १२ को नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक हुने

२०८०, १५ असार शुक्रबार ११:४५

असार १५, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो ।  त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।


 ‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने ।  उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए । 

हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको हो ।  उनीहरूले अवरोध सिर्जना गरेपनि नतिजा प्रकाशनको काम भने समयमै हुने उनको भनाई छ ।  नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइसकेको छैन् । गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण