२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एसइईको नतिजामा गत वर्षभन्दा सुधार, कुन जीपीए ल्याउने कति?

२०८०, २१ असार बिहीबार ११:५५

असार २१, काठमाडौँ | एसइईको नतिजामा गत वर्षभन्दा  सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। 

गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए | आज पत्रकार सम्मेलनमा उनले एसइईको नतिजा प्रकासित गर्दै जानकरी दिएका हुन् |

गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन्। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ। यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ। गत वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनको संख्या ४१ हजार ६२७ रहेको थियो। २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि २ हजार ४६२ ले बढेको छ।

गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यस वर्ष ७२ हजार ३६२ रहेको छ।

यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ। यो संख्या भने १ हजार ४२७ ले घटेको हो। अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए।

यसवर्ष सबैभन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन्। यस वर्ष १ लाख २ हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएकामा अघिल्लो वर्ष यो संख्या १ लाख १२ हजार ७३३ थियो। २ देखि २.४ जिपिएमा १० हजार ४४० घटेका हुन्।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका १ लाख २ हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने