२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कक्षा ११ को छात्रवृत्तिका लागि तोकियो १५ वटा परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै प्राप्त हुने

२०८०, १८ श्रावण बिहीबार ०६:४१

साउन १८, काठमाडौं | काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकेको छ ।  भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा केन्द्र तोकिएको हो ।

 यस्तै पद्मकन्या विद्याश्रम मा. वि., डिल्लीबजार, पद्मोदय मा. वि. रामशाहपथ, पशुपति मित्र मा. वि. चावहिल, रत्नराज्य मा. वि. बानेश्वर, सहिद शुक्र मा. वि. बागबजार, संस्कृति मा. वि. रानीपोखरी, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी र  सिद्धेश्वर मा. वि. शान्तिनगरलाई पनि केन्द्र तोकिएको छ । 

परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छ । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन् । त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन् ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मा. वि., कुलेश्वरमा राखिएको छ । 

साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि विद्यार्थीहरुले अनलाइनबाटै प्रवेश पत्र लिन सक्नेछन् । 

छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि entrance.kathmandu.gov.np बाट  माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था कार्डमा उल्लेख हुनेछ । 

परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट लगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् । 

परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङ्को मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङ्मार्फत परीक्षार्थी आफैँको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यता क्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने