३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

२३ सय २२ परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ लिस्टमा

३० श्रावण २०८०, मंगलवार ०५:२१

साउन ३०, काठमाडौँ | काठमाडौं महानगरले कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम म्याचिङ लिस्ट, भर्नाको पहिलो सूची सार्वजनिक गरेको छ । सोमबार महानगरपालिकाको शिक्षा विभागले वेबसाइटमा सूची सार्वजनिक गरेको हो । 

म्याचिङ लिस्टमा विज्ञान विषयका लागि एक हजार चार सय ५२ जना, व्यवस्थापन विषयका लागि सात सय ४५ जना, कानुनका लागि ४३ जना, मानविकीका लागि चारजना, शिक्षाका लागि पाँचजना, सिभिल इन्जिनियरिङका लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ ।

यीमध्ये प्राविधिक धार (सिभिल इन्जिनियरिङ, कम्प्युटर, इलेक्ट्रिकल)का विषय अध्ययन गर्ने विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मावि, महाराजगन्ज आठजना र सरस्वती निकेतन मावि, ब्रह्मटोल, कम्प्युटरमा १० जना), सिभिल इन्जिनियरिङमा ४९ जना (ज्ञानोदय सेकेन्डरी स्कुल, बाफल १२ जना, पद्मकन्या मावि, डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मावि, बालुवाटार १७ जना) र इलेक्ट्रिकलमा ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् । 

२७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरू पनि सिफारिस गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड