२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक

२ आश्विन २०८०, मंगलवार ०६:१७

असोज २, काठमाडौँ | राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा एक सय ७७ जनाको नामावली सार्वजनिक भएको हो । आज आयोजना हुने कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ती पुरस्कार प्रदान गर्नेछन् ।

पुरस्कृत हुनेमा विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक (सार्वजनिक) विद्यालयतर्फ सिन्धुलीको कमला मावि, दुधौलीलाई राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित  तीन लाख, द्वितीय हुने सिन्धुलीकै कमला मावि, कमलामाईले रु दुई लाख र तृतीय हुने सल्यानको नारायण मावि, कुमाखलाई रु एक लाख राशिको पुरस्कार प्रदान गरिनेछ ।

निजी (संस्थागत) विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम भई ललितपुरको प्रसादी एकेडेमीले  तीन लाख, द्वितीय हुने भई काठमाडौँको सेन्ट जेभियर्स कलेजले रु दुई लाख र तृतीय भई काठमाडौँकै बूढानीलकण्ठ स्कुलले रु एक लाख प्राप्त गर्नेछ ।

प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था रु एकरएक लाखको पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौँको काठमाडौँ मोडेल कलेजले प्रतिसंस्था रु दुई लाख ५० हजार राशिको पुरस्कार पाउँदैछन् ।

यसै वर्षदेखि स्थापना गरिएकोे समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौँको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रतिसंस्था तीन लाखका दरले पुरस्कार प्रदान गरिनेछ । सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।

‘समावेशी र सीपमूलक शिक्षा स् स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईका संयोजकत्वमा मूल समारोह समिति गठन भएको  छ ।

स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त सात सय ९० लाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ लाई ‘ग’ श्रेणीको पदक पाउनेको नामवाली पनि आजै सार्वजनिक भएको छ भने उक्त पदकपछि वितरण हुनेछ ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान