असोज २०, काठमाडौँ | रोकिएको ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको डीनको कार्यालयले बताए।
डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो ।
यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले पनि असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत परीक्षा फारम भर्न सक्ने सूचनामा उल्लेख छ ।