२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पहिलो पटक शिक्षकहरुको महासंघ बनाईयो

२०७५, २६ जेष्ठ शनिबार १६:२४

प्रेम सुनार | जेठ २६, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्लामा विभिन्न राजनैतिक दल निकट  संगठनमा आवद्ध भएर छरिएका शिक्षकहरुले छाता संगठनका रुपमा आज नेपाल शिक्षक महासंघ गठन गरेका छन् ।

जिल्लाका विभिन्न राजनैतिक दलका ६ वटा शिक्षक संगठन  जुटेरी आज घोषणा सभा गरेका हुन ।  केन्द्रबाट देशैभर प्रदेश, जिल्ला हुँदै गाउँ स्तर सम्म महासंघको संरचना बनाउने निर्णय अनुसार गुल्मी जिल्लामा पनि  भव्यताका साथ जिल्ला स्तरिय  महासंघ घोषणा गरिएको हो ।

महासंघको अध्यक्षमा तत्कालिन नेकपा एमाले निकट शिक्षक संगठनका अध्यक्ष रोहितप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

सहध्यक्षमा तत्कालिन माओवादी केन्द्र निकट शिक्षक संगठनका उपाध्यक्ष गुणादेव सिंजाली निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा तारा महत , जनकलाल कँडेललाई निर्वाचित गरिएको छ ।


माहसचिवमा नेपाली कांग्रेस निकट शिक्षक संघका हिरासिंह सारङ्गकोटी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तत्कालिन एमाले निकट रामकृष्ण कँडेल  र सह–सचिवमा तत्कालिन माओवादी केन्द्र निकट सुशिला गौतम निर्वाचित भएकी छन् । संस्थागत सह सचिवहरुमा  थानेश्वर खनाल , तेजेन्द्र खड्का , सविता आर्चाय र अर्थ सहसचिवमा  भेषराज खनाल निर्वाचित भएका छन् ।

पदाधिकारी देखि सदस्य सम्म राजनैतिक रुपमा सन्तुलन मिलाई महासंघ निमाण गरिएको  नवनिर्वाचि महासचिव सारङ्गकोटीले जानकारी दिए । सदस्यहरुमा कृष्णबहादुर जिसी, शंकर भण्डारी , रामचन्द्र सापकोटा, ईस्वरीप्रसाद अर्याल, कृष्ण सुर्यबंशी , डिलाराम न्यौपाने , खिमबहादुर बुढाथोकी , दुर्गाप्रसाद आचार्य , गुणाखर अर्याल, कृष्ण ढकाल , मोती महत  निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने