२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

२०७५, २९ जेष्ठ मंगलवार ०३:५८

नरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ । 

परिवार नियोजनका साधनहरुको बारेमा जानकारी नहुनु र साधन प्रयोग गर्न हिचकिचाउने, पुरुषसंग यसबारेमा खुलेर कुरा गर्न नसक्ने लगायतका कारणले यहाँका महिलाहरु अनिश्चित गर्भधारण गर्न बाध्य हुन्थ्ये तर अहिले सन्तानको रहर पुगेका यहाँका महिलाहरु धमाधम परिवार नियोजनका साधनहरु प्रयोग गर्न थालेका छन् । गएका वर्षहरुमा परिवार नियोजन गराउने दुई सय महिलाहरुको लक्ष भेट्टउन समेत मुस्किल हुने यस जिल्ला पछिल्लो समय परिवार नियोजन गराउने महिलाहरु एक हजार भन्दा पनि बढी भएको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका परिवार नियोजन सुपरभाईजर दिल्लीरमन जोशिले बताए । 

यस वर्ष मात्रै बैतडीमा पाँच सय महिलाहरुले परिवार नियोजनको अस्थाई साधन कपर्टी र एक हजार भन्दा बढी महिलाहरुले परिवार नियोजनको साधन इम्प्लान्ट प्रयोग गरेको जोशीको भनाई छ ।

नमुना बन्दै सकार स्वास्थ्य चौकी 

हालको पाटन नगरपालिका– १ अर्थात तत्कालिन सकार गाविसमा रहेको सकार स्वास्थ्य चौकी स्वास्थ्य सेवामा नमुना बन्दै गएको छ । पुर्ण संस्थागत सुत्केरी र पुर्ण खोपयुक्त समेत घोषणा भईसकेको उक्त स्वास्थ्य चौकीको अबको लक्ष भनेको पर्ण पोषणयुक्त वडा घोषणा गर्ने रहेको स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्रराज भट्टराईले बताए । एक पछि अर्को फड्को मार्दै गएको सकार स्वास्थ्य चौकमा गएका वर्षहरुमा परिवार नियोजनका अस्थाई साधनहरु प्रयोग गर्ने महिलाको संख्या कमै थियो तर यो वर्ष परिवार नियोजनमा सकार स्वास्थ्य चौकी उत्कृट भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थीले जनाकारी दिनुभयो । 

स्वास्थ्य चौकीमा परिवार नियोजन गराउने महिलाहरु बढ्नुमा स्वास्थ्यचौकीका इन्चार्ज भट्टराईको महत्वपुर्ण भुमिका रहेको अवस्थीको भनाई छ । यस वर्ष मात्रै सकार स्वास्थ्य चौकीबाट १ सय ६० जना महिलाहरुले कपर्टीको प्रयोग गरेका छन् । हरेक कार्यक्रमहरु तथा गाँउमा संचालित महिला समुह र आमा समुहहरुमा गएर परिवारनियोजनको फाईदाका बारेमा जानकारी गराएकाले परिवार नियोजन गर्ने महिलाहरुको संख्यामा उल्लेख्य बृद्धि भएको स्वास्थ्यचौकी इन्चार्ज भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने