२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

शिक्षालाई श्रम र उत्पादनसंग जोड्नु पर्नेमा जोड

२०७५, ९ असार शनिबार ०२:५९

असार ९, सुर्खेत |  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताएका छन् । श्रमविना विकास असम्भव भएको भन्दै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताए । अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमवाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।


बिकास र समृद्धिका लागि अब चित्रमा होईन् व्यवहारमा देखाउनु पर्ने उनको भनाई छ । ‘विद्धानहरु झोलामा ल्यापटप बोकेर हिड्नुहुन्छ, पावर प्वाईन्ट प्रिजेण्टेशन देखाउनुहुन्छ अब यसले पुग्दैन’ मुख्यमन्त्री शाहीले भने, ‘कृषि विज्ञ हो भने स्याउ सुन्तला आँप कागती फलाउनु पर्यो, आफुले आर्जन गरेको ज्ञानलाई उत्पादनमा व्यक्त गर्नु प¥यो ।’  शिक्षा प्रणालीमा पनि आमुल परिवर्तनको आवश्यकता रहेको मन्त्री शाहीले बताए ।

मुलुकको गरिवी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको भन्दै उनले शिक्षालाई उत्पादन र श्रमसंग जोड्ने गरी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । समाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रवाट बञ्चित बालबालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महत्वपुर्ण भुमिका खेलेको भन्दै  मुख्यमन्त्री शाहीले प्रशंसा गरे । शैक्षिक क्षेत्रको बिकासका लागि गैरसरकारी क्षेत्रको समेत ठुलो योगदान रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने