२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एमयुमा चर्किएको आन्दोलन स्थगित, सहमति पछि विद्यार्थीले ताडे अनशन

२०७५, २४ असार आईतवार १५:४१

असार २४, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । एमयू पदाधिकारी र विद्यार्थीविच १७ बुदे सहमति भएपछि विद्यार्थीहरुले आईतबारदेखी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

दुई सातादेखी आन्दोलनरत विद्याथीहरुले पाँच दिनदेखी इन्जिनियरिङ्ग संकायको शैक्षिक सुधारको माग राख्दै आमरण अनशन बसेर आन्दोलन चर्काएका थिए । एमयू पदाधिकारी र विद्यार्थीविच भएको सहमतिमा इन्जिनियरिङ्ग संकायलाई आत्मनिर्भर बनाएर स्वायत्त बनाउने सहमति भएको छ । शुरुको अवस्थामै संकाय रहेकाले सानो सुर्खेतमा निर्माणाधिन इनिजनियरिङ्ग संकायको भवनबाट शैक्षिक कार्यक्रम सञ्चालन आएपछि विस्तारै संकायलाई स्वायत्त बनाउने आश्वासन एमयू पदाधिकारीले दिएको संघर्षरत समितिका सदस्य निकुञ्ज पाण्डेले जानकारी दिए । बुदा नम्बर ८ मा संकाय अन्तरगतका कार्यक्रमलाई मुसुम प्रणालीमा सञ्चालन गर्न संकायका डिन डा. गोविन्दप्रसाद लामिछाने संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको छ । साथै, संकायलाई आत्मनिर्भर बनाएर स्वायत्त बनाउने सहमति भएको छ । उनले गोल्डेन चान्सकै सवालमा पनि संकायकै डिनको संयोजकत्वमा समिति बनाएर अध्ययन प्रतिवेदन तयार गर्ने र कार्यविधि बनाएर लागु गरिने आश्वासन दिएको जानकारी दिए । संकायलाई स्वायत्त बनाउने र गोल्डेन चान्सको विषयमा केही विद्यार्थीहरुले असहमति जनाएको पाण्डेको भनाई छ ।


संकायको विइ हाइड्रोपावरको पूर्ण पाठ्यक्रम तयार गरेर चौथो समेस्टरबाट लागु गर्ने, उपलव्ध स्रोत साधनको पूर्ण रुपमा प्रयोग गरेर प्रयोगात्मक ल्यावहरुको तीन महिनामा व्यवस्थापन गर्ने, केन्द्रीय पुस्तकालयमा रहेका इन्जिनियरिङ्ग संकायका पुस्तकको रेकर्ड राखेर आवश्यक पुस्तकहरुको व्यवस्थापन गर्ने र चालु सेमेस्टरका हरेक विषयको नियमिति व्यवस्थापन गर्न शिक्षकहरुको व्यवस्था गर्दै तालिका बनाएर पठनपाठन प्रभावकारी बनाउने सहमति भएको छ । यस्तै, संकायमा अध्ययनरत पिछडिएका क्षेत्र, दुर्गम, महिला, दलित, जनजाती, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्न डिनको सयोजकत्वमा दुई सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

विई सिभिलतर्फका थप ४८ जना विद्यार्थीहरुका लागि आगामी शैक्षिक सत्रदेखी लागु हुनेगरी १० प्रतिशत छात्रवृद्धि प्रदान गर्न कार्यकारी परिषद्मा सिफारिस गर्ने, अनशनरत विद्यार्थीको अनशन फिर्ता लिने र विश्वविद्यालयमा लागेको ताला खोल्ने समहमति भएको छ । सहमतिपछि अनशनरत विद्यार्थीलाई जुस खुवाएर अनशन ताडेको पाण्डेले जानकारी दिए । उनले शैक्षिक सुधारका लागि गरिएको सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको पनि बताए । वार्तामा विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, रजिष्ट्रार डा. महेन्द्र मल्ल, संकायका डिन समेत रहेका वार्ता समितिका संयोजक डा. गोविन्दप्रसाद लामिछाने र अन्दोलनरत ९ जना विद्यार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण