३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्ज राजपत्र सार्वजनिक

८ श्रावण २०७५, मंगलवार १२:१७

साउन ८, बाँके।  नेपालगञ्ज उपमहानगरपालिकाले आज राजपत्र सार्वजनिक गरेको छ । 

प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गर्नुभयो । 

त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकारसम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानूनअनुसार नै अघि जाने बताउनुभयो । 

स्थानीय तहमा देखिएका समस्यालाई अब तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उहाँले आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । 

सो राजपत्रमा भाग एकअन्तर्गत आर्थिक ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, विनियोजन ऐन, सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, न्यायिक समिति कार्यविधि ऐन र भाग २ मा १६ नियमावली, कार्यविधि, निर्देशिका र आचारसंहिता रहेको उपप्रमुख उमा थापा मगरले बताउनुभयो । 

त्यस अवसरमा विभिन्न क्षेत्र निकाय र तहबाट विशेष योगदान पु¥याएका करीब २५ व्यक्ति तथा संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन