२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

अष्टावक्र फाउन्डेशनद्धारा एसईई उत्रिण विद्यार्थी सम्मानित

१२ श्रावण २०७५, शनिबार १४:४१

राम नारायण पंडित | साउन १२, सिरहा | मिर्चैयामा रहेको अष्टावक्र फाउन्डेशनले २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतीर्ण भएका बिद्यार्थीहरुलाई एक कार्यक्रमकोबिच सम्मान गरेका छन । बिद्यार्थीको पढाईप्रति मनोवल बढाउने उदेश्यले फाउन्डेशनले मिर्चैया नगरपालिका बडा नं. ५ स्थित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी आज (शनिवार) मिर्चैया नगरपालिका भित्र रहेका निजि तथा सरकारी बिद्यालयबाट उर्तीण भएका २४ जना बिद्यार्थीहरुलाई सम्मान गरेको आयोजकले जनाए । 

नगरपालिका भित्र रहेका १० वटा निजि विद्यालय र ३ वटा सरकारी विद्यालयलाई चिठी पठाई सरकारी विद्यालयबाट एसईई परिक्षामा “ए” पल्स र सरकारी विद्यालयवाट “ए” जिपिए ल्याएका बिद्यार्थीहरुलाई सहभागि गराई सम्मान गरेको आयोजक संस्थाका सचिव बलराम सेवकले बताए । कार्यक्रममा सहभागि भएका निजि र सरकारी गरी २० जना छात्र र ४ जना छात्रा गरी २४ जनालाई विद्यार्थीलाई प्रमाण पत्र, मेडल, खादा, मायाको चिनो सहित सम्मान गरिएको छ । 


कार्यक्रममा मोहन माबि, सगरमाथा मावि, टाइम्स स्कुल, स्वस्तिक पाठशाला र आदर्श शिशु सदनका विद्यार्थीहरु सम्मानित भएका छन् । संस्थाले बिगत एक वर्षदेखि समाजिक क्षेत्रमा काम गर्दै आएका छन् । 

संस्थाका संस्थापक अध्यक्ष डा. संजय साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा अध्यात्म गुरु स्वामी शैलेन्द्र र अतिथिको रुपमा संस्थाका अध्यक्ष अमर साह लगायतका सहभागिता रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य