२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न

२०७५, १५ श्रावण मंगलवार ०१:०४

साउन १५, काठमाडौँ | वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए । त्यसै गरि महिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन ।

म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए ।

हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौं संस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । 


कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबाद समेत दिए ।

प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने