चिसाङ शेर्पा | साउन २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा दशवटा निर्माण उपभोक्ता समिति रहेको छ । लफ्याङले ‘बिकास निर्माणमा सम्पुर्ण जनताको जनसहभागिता भ्रष्टचार रहित निश्पक्ष पारदर्शी कार्य हाम्रो प्रतिबद्धता’ नारा लिएको छ । वडामा पाँचलाख माथिका कारोबारको होडिङबोर्ड राख्नुपर्ने, बिल भर्पाइ चुस्तदुस्त राख्ने, प्राविधिक स्टिमेट अनुसारका योजनालाई मात्रै वडाले सिफारिस दिने र विकासका योजनाहरुमा बारम्बार अनुगमन गरिने पाँच वर्षे योजना बनाएको छ ।
लफ्याङका ५ विद्धालयलाई शिक्षा सुधारका लागि उच्चताका साथ हेरिएको छ । शिक्षाबिना केही संम्भव नभएकाले शिक्षालाई लफ्याङले मुल विषय बनाएको छ । आधारभुत १, मावि १, प्रावि ३ विधालयहरुमा शैक्षिक, भौतिक, प्रशासनिक सुधारका लागि एक÷एकवटा आगन्तुक टिपोट पुस्तिका राखिएको छ ।
लफ्याङले विधार्थीहरुको सबै प्रकारका परिक्षाको नतिजा फाईलसमेत गरेर प्रत्येक अभिभावकको हातहातमा थमाउदै आएको छ । कक्षा एकदेखी पाँचसम्म अध्ययनरत बालबालिकाको निरन्तर मुल्याङकन नियमित हुंदै आएको छ । कृषि, खेलकुदलाई प्राथमिकतामा राखेर लफ्याङलाई दशैअघि काठे पोल मुतm बनाईने योजना छ ।
२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा संघिय समाजवादी फोरम खोटाङवाट वडाध्यक्ष पद जित हाँसिल गरेका राईले असार १८ गते जनप्रतिनिधीको सपथग्रहण गरिसकेपछी हालसम्म के कस्ता गतीविधि गरे त । लफ्याङका वडाध्यक्ष राईसँग समसामयिक विषयमा गरिएको कुराकानीको संम्पादित अंश ।
जनप्रतिनिधी भएको वर्षदिन कट्यो सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु ।
वर्ष दिन वडाबासीहरुसँग बिताउनुभयो । एक बर्षमा के–के सिक्नुभयो । के–के सिक्न बाँकी ?
एकवर्षको विचमा धेरै कुरा सिक्ने मौका पाइयो । कुन कुरालाई फोकस गरेर काम गर्दा स्थायित्व हुन्छ भन्ने खालको कुराहरु एकवर्षमा थाहा भयो । विगत सालमा हामी नयाँ भएको कारणले गर्दा कतीपय कुरामा बुद्धि नपु¥याई पनि गरिएको रहेछ भन्ने अनुभव भएको छ , आउने दिनमा त्यसलाई सच्याएर जाँदा स्थायित्व विकास हुन्छ भन्ने सिक्ने मौका पाईयो ।
तपाईको वडाको एक वर्षको उन्नती प्रगती के–के हुन् ?
उन्नती प्रगती त हामीले एकवर्ष भित्रमा धेरैवटा प्रगती गरेको महशुष गरेका छौ । लफ्याङमा सबैभन्दा ठूलो कुरा शिक्षा, स्वास्थ्य, खेलकुद र युवा लक्षित कार्यक्रमहरु एक वर्षमा ग¥यौ । लफ्याङ स्वास्थ्य चौकीको आजसम्म भवन थिए । वडा कार्यालयको भवनमा सञ्चालन हुदै आएको स्वास्थ्य चौकीको लागि ५ रोपनी जग्गा पास गरेर मन्त्रालयसम्म पुर्याउने काम गरी सकिएको छ ।
गतसालमा विधुत पुगेका र नपुगेका स्थानमा विधुत पु¥याउने उद्देश्यले ३० लाख बजेट बिनियोजन गरेका थियौ । त्यसमा मुख्य त विधुत पुगेका ठाउँमा पनि काठ र बाँसको खम्बा गाडेर विधुत प्रयोग भईरहेको थियो । त्ससलाई चाहि स्थायित्व दिन फलामे पोलको आवाश्यकता महशुष गरेर फलामे पोल खरीदसँगै नपुगेका ठाउँमा विधुत पु¥याउने प्रयत्न गरेका थियौ ।
युवा लक्षित कार्यक्रम अन्तरगत यतिबेला सबैको फुटबलमा क्रेज छ । फुटबल मैदानका लागि ३० रोपनी जग्गा चाँहि पहिचान गरेर पास भएको स्थिती छ । भदौबाट खेलमैदान निर्माणका लागि काम सुरुवात गर्छौं । वडावाट खेलमैदानका लागि हामीले बजेट विनियोजन गरीसकेका छौ ।
माथिको तश्विरमा: लफ्याङका वडाध्यक्ष निर्मल राई
कृषिमा के छ ?
कृषिमा हामीले पशुपालन, कृषि पकेट क्षेत्र निर्धारण गरेर हामीले साविक ५ को सालघारी कृषक समुहले २५ सय बढी केराका विरुवाहरु रोपिसकेका छौ । त्यो विरुवालाई खडेरी मौसममा सिंचित गर्नका लागि हरेक टोलटोलमा प्लाष्टिक पोखरी निर्माण गरेर केरा पकेट क्षेत्र निर्धारण गरेका छौ । केरा उत्पादन सुरु भएपछि प्रति घर दैनिक एकघरी केरा बिक्री गर्दामात्रै केही आर्थिक आयआर्जन हुने अनुमान गरेका छौ । र, नभएको खण्डमा त्यहाँका कृषकले हरेक महिना मजाले लगानी गरेर काम गर्ने हुंदा दश हजार कमाउने गरी योजना बनाएर अगाडी बढीरहेका छौ ।
लफ्याङलाई विधुतमा काठेपोल मुक्त वडा बनाउने बोल्नु भएको थियो नि । बोलेको पुरा गर्नु भो ?
अघि पनि मैले भने, ३० लाख बजेट वडाबाट बिनियोजन गर्यौं । तीस लाख स्टिमेट अनुसारको पोल, तार, स्याकल र आवाश्यक विधुतीय उपकरणहरु आईसकेको छ । आधाभन्दा वढी स्थानमा पोल गाडेर तार फिटिङ भएको छ । कतीपय ठाउँमा साइडमा पोल पुर्याइ सकीएको छ । यो बर्खाका कारणले पनि काम भईरहेका छैन । र, प्राविधिक रुपमा असहयोग भएकाले हामीले त्यो कामहरु गर्न सकीरहेका छैनौ । तर, हामी यो दशैभन्दा अगाडी नै काठको पोल हटाएर फलामे पोल मात्र बनाउन लागिरहेका छौ । यो निश्चित हुन्छ ।
वर्ष दिनमा गरेका काम मध्येमा कुन चाँहि सबैभन्दा राम्रो र दिगो हो ?
काम त धेरै गरेका छौ । ति सबै काम दिगो नै हो भन्ने लाग्छ । सिचाइ कुलो, प्लाष्टिक पोखरी, सिंचाई पोखरी निर्माण, सडक खन्यौ । सबै काममा त्यस्तो नराम्रो छैन । सबै काम स्थायित्व नै गरेका छौ । लफ्याङलाई काठेपोल मुक्त वडा बनाउने महत्वपुर्ण काम हो । यो स्थायित्व नै हुन्छ । त्यो भन्दा अन्य धेरै काम गरेका हौ हाम्रो सबै कामहरु स्थायित्व नै छ ।
वडा शिक्षा समिति संयोजक पनि हुनुहुन्छ । वर्षदिनमा शिक्षामा भएको परीवर्तन के–के छन् ?
शिक्षामा धेरै ठूलो परिवर्तन भएको अनुभव गरेका छौ । चुनाव अगाडी पनि शिक्षालाई सुधार गर्नुपर्छ भनेर घोषणापत्र नै बोकेर हिड्यौ । चुनावपछि असार १८ गते सपथ ग्रहण गरेर असार २७ गते वडा कार्यालयमा जनप्रतिनिधिको बैठक बसेका थियौ । वैठकले लफ्याङमा शिक्षालाई प्रमुख विषय बनाएर हामी अगाडी बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । शिक्षा क्षेत्र सुधार भएमात्र अन्य क्षेत्रको विकासमा स्थायित्व हुन्छ भन्ने मानसिकताले हामीले शिक्षा क्षेत्रलाई सुधार्न लाग्यौ ।
त्यसपछि धेरै गोष्ठी, छलफल ग¥र्यौ । हामीले यस शैक्षिकसत्रबाट नयाँ शैक्षिक क्यालेण्डर नै प्रकाशन गर्न सफल भएका छौ । लफ्याङको विद्धालया एकै समयमा बर्खे बिदा, हिउदे बिदा, परिक्षा समय, नतिजा प्रकाशन, उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई हस्तान्तरण र अभिभावक शिक्षक अन्तरक्रियाजस्ता कार्यक्रम पाँचै विद्धालयमा एकैचोटी हुने गरेको छ । र, जनप्रतिनिधि आएपछि शिक्षक, अभिभावक नै शिक्षा सुधारका लागि जोडदार लागि पर्नु भएको छ । एक हिसाबले लफ्याङको शिक्षा सुधारमा केही छनकहरु देखिएको छ । यसलाई पूरा गर्न वडा शिक्षा समिति कडाइका साथमा लागेको छ ।
अन्तमा यहाँको कार्यकाल अब चार वर्ष बाँकी छ । सकिएको एकवर्ष र चारवर्ष सहित अबको पाँच वर्षमा लफ्याङलाई कस्तो रुपमा देख्न पाईन्छ ?
अहिलेको स्थितीभन्दा त धेरै फरक त देखिन्छ नै । सबैभन्दा पहिला त बिकास केमा भो भन्दा सडक, विधुत, खानेपानी नै हुदोरहेछ । बत्तीको कुरा त हाम्रो यसपाली फलामे पोल सबैमा हुन्छ नै यसमा कसैको दुइमत छैन । लफ्याङ अलिक सुख्खाग्रस्त क्षेत्र भएकाले ठूला योजनाहरु संञ्चालन गर्ने त्यसमा पनि साप्सुखोलको पानी लिफ्टिङ सिष्टममा देविथानमा झार्ने भनेर लागि रहेका छौ । जसको काम भइरहेको छ । र, वडाभित्र बिस्तार गरिएका कच्ची सडक भत्किने समस्या हुन्छ । त्यसका लागि हरेक ठाउँबाट योजना ल्याउने÷माग्ने प्रयास जारी छ । मलाई लाग्छ आगमी वर्षदेखी मुख्य मुख्य सडकमा हिउद बर्खामा पनि सडकमा वस सञ्चालन गर्ने योजनामा छौ । र, शाखा सडकहरुमा कम्तीमा पाँच वर्षमा घरघरमा एम्बुलेन्स जान सक्ने स्थिती बनाउन सक्छौ भन्ने आशा राखेका छौ ।