२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

क्याम्पस प्रमुखज्यु, खै त्यो ६ लाख ? कहाँ गयो ?

८ भाद्र २०७५, शुक्रबार १३:४७

प्रेम सुनार | भदौ ८, बुटवल | ‘ सवैलाई त भन्दिँन एका दुई सरहरुलाई भन्छु, क्याम्पसमा राम्ररी पढाईयोस्  नत्र कालोमोसो दल्दै  लखेट्न  नपरोस् –‘कडा स्वसरमा  रेसुङ्गा क्याम्पसकी स्ववियु सदस्य लक्ष्मी अर्यालले भनिन–‘ स्ववियु भनेको विद्यार्थीको स्वतन्त्र र साझा संगठन हो, जसलाई अटेरी गर्ने दुष्प्रयास नहोस् ।’

उनि मात्र होईन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पस ईकाई कमिटीले आयोजना गरेको कक्षा ११ का नवआन्तुक विद्यार्थीहरुलाई स्वागत तथा दरखाने कार्यक्रमकाका सवै बक्ता विद्यार्थी नेताहरु क्याम्पसको रवैया प्रति निकै आक्रमण भएर प्रस्तुत भएका थिए ।

ओईरिनुको कारण यस्तो छ

अनेरास्ववियु र क्रान्तिकारीले स्ववियु निर्वाचनमा घोषणा गरेका सवै कुरा मध्ये धेरै कुराहरु पुरा गर्दै आएको दावी गर्छन । उनिहरुका नाराहरु निकै लोकप्रिय थिए । फलस्वरुप पुरै प्यनलले चुनाव जितेका थिए । लामो समय देखि झण्डै एकछत्र जस्तै रहेको नेवि संघ बाहिरियो ।

सो संगठनको यस्तो दावी छ–त्यस क्याम्पसलाई आङ्गिक बनाउने उनिहरुको घोषणा अनुरुप अब केहि समय पछि  बन्दैछ । त्यसबाट चर्को शुल्क तिरे हाल सम्म पढ्न बाध्य  गरिवका छोरा छोरीहरु सरकारी क्याम्पसमा सहुलियतमा पढ्न पाउने भएका छन ।


त्यस्तै अहिलेको प्रविधी संग विद्यार्थीहरुलाई  जोड्नु पर्छ भन्दै चुनावमा उक्त विद्यार्थी संगठनले क्याम्पसमा फ्रि वाईफाई जोड्ने , पढाउने सरहरुलाई तातो चिसो पानी  चाहिन्छ भने विद्यार्थीलाई किन नचाहिने ? सो संगठनले माग ग¥यो र त्यो पनि पुरा भयो ।

क्याम्पसमा कम्युटर भए पनि प्रयोग विहिन थिए । विद्यार्थीहरुलाई आधारभुत कम्युटर तालिम क्याम्पस भित्रै दिईनु पर्छ भन्ने माग सो संगठनले गरेको थियो । थप कम्युटर सहित त्यस्तो तालिम दिलाउनका लागि सो संगठन प्रदेश ५ का सामाजिक विकास मन्त्री  सुदर्शन बराल कहाँ डेलिगेशन पुगे ।

मन्त्री वरालले उक्त कार्यको सह्रान गर्दै उनिहरुको माग पुरा गर्ने प्रतिबद्धता जनाए । सो माग पनि अव छिट्टै पुरा हुँदैछ । अहिले सम्म नभएको अर्को एउटा महत्वपुर्ण काम निशुल्क लोक सेवा आयोगको  निशुल्क तयारी कक्षा सो संगठनले चलाउँदै आएको छ ।

ति सवै कार्यहरु प्रति त्यहाँका विद्यार्थीहरु खुशी छन । तर नेवि संघका केहि विद्यार्थी नेता र कांग्रेस समर्थक सञ्चालक समिति र उपप्रध्यापकहरुले त्यसको गलत प्रचार गर्दै हिडेको आरोप लगाउँदै अखिलका विद्यार्थी नेताहरु ओईरिनु परेको बताउँदै थिए ।

क्याम्पस प्रमुखज्यु, त्यो ६ लाख कहाँ गयो ?

मञ्चमा आशिन क्याम्पस प्रमुख तफै फर्केर त्यस क्याम्पसका स्ववियु सभापतिले प्रश्न गर्दै भने क्यम्सप प्रमुख ज्यु, म सोध्न चाहन्छु  । अघिल्लो वर्ष विद्यार्थीहरुलाई पुस्तक किन्न छुट्टाएको त्यो छ लाख कहाँ गयो । पुस्क किन्न के ले रोक्यो ?  यस वर्ष जम्मा दुई लाख छुट्टाईएको छ भन्ने सुनिन्छ त्यतिले पुस्क किन्न पुग्छ ? बैठकमा स्ववियुलाई बोलाउने कि नबोलाउने ?

विद्यार्थीका माग सुन्ने कि नसुन्ने हामीले त पाँच लाख छुट्टाउन पर्छ भनेका होईनौं ? अर्को प्रश्न सवै गुरुहरुलाई  यो छ कि यो क्याम्पस आङ्गिक बनाउँदा शैक्षिक गुणस्तर घट्छ भन्दै भ्रम छर्न भएको छ । प्राध्यापकहरुले नै त्यसो भन्न नैतिकताले दिन्छ ?

सरकारी क्याम्पस बनेपछि त अव गरिवका छोरा छोरीले सहुलियतमा पढ्न पाउने भ भनेर सन्तोष ब्यक्त गर्ने ठाउँ यस्तो भ्रम र झुटको खेत  गर्न लाज लाग्दैन । अँस्ती एउटा बैठकमा भन्दै हुनुहुन्थ्यो रे, यो वाईफाई स्वाईफाई थुतेर फाली दिउँ केटाकेटीहरु पढाईमा भन्दा फेशबुकमा ध्यान दिएर पढाई सढाई विग्रियो ।

देशका विभिन्न  शैक्षिक संस्थामा अहिले नयाँ प्रविधी संग जोड्दै जान थालेको बेला कस्तो बुद्धि होला डिग्री गरेका सरहरुले नै त्यस्तो भन्न सक्ने ? भन्नुस त विद्यार्थीलाई तपाईहरुले ईन्टरनेटमा रहेको शैक्षिक सामग्रीको कहिल्लै कुनैलङक यस्तो यस्तो छ , हेर सिक भन्नु भएको छ ? 

म नेवि संघका साथीहरुलाई सोध्छु तपाईहरुका पालामा के गरेर देखाउनु भयो ? हामीले गरेका रामा कामको उल्छो भ्रम छर्ने ? पदै चाहिन्छ भन्ने होईन आउनुहोस साझा भएर विद्यार्थीको पक्षमा आवाज उठाऔं ।

के खोजे को हो ?

अनेरास्ववियुका जिल्ला संयोजक  राजेन्द्रविक्रम कुँवर झन कडा ढंगले ओईरिए । उनले सुरु मै भने–‘यस्ता विध्वानहरुले पढाउने यस क्याम्पसमा हैन मैले के लाजमर्दो कुरा सुन्छु हय ? त्यस्ता गुरुवर्गले त्यस्तो उल्टो कुरा सिकाउने ?

छातीमा हात राखेर भन्नुस त ? के साँच्ची सरकारी क्याम्पस बनेपछि पढाईको गुणस्तर घटने नै हो ? कि सरकारी बनेपछि जागिर जाने हो कि भन्ने ढरले यस्तो केटा  केटीहरुले समेत नपत्याउने भ्रम छदै हुनुहुन्छ ? हैन कसै कसैलाई भ्रम छर्नु शिवायको राजनीति गर्न आएन ।

होईन कतिञ्जेल चल्छ यस्तो भ्रमको राजनीति ?  नेवि संघका साथीहरुलाई म भन्छु आउनुस मिलेर विद्यार्थीको पक्षमा लडौ । यो जिल्ला कै शैक्षिक  धरोहरमा  राजनीति गर्नै पर्छ भन्ने छैन । काम गर्न पद नै चाहिन्छ भन्ने होईन । गरिन्छ भने पछि कमसेकम यस्तो झुटको राजनीति त नगरौ ।

हामी भाषणमा विश्वास गर्दैननौ गर्दैनौ, काम र परिणाममा विश्वास गर्छौ । हामीले स्ववियु जिते पछि हामीले के के ग¥र्यौ भन्ने कुरा भन्दै हिडेनौ प्रत्यक्ष कामको रिजल्ट सवैका सामु छर्लङ्ग छ ।

लौ , नेवि संघ त  त्यस्तो झुट बोले छ रे, तर प्राध्यापकहरु जस्ता विध्वानहरु नै त्यस्तो भ्रम छर्न लाज लाग्दैन ? के खोजेको हो ?  के विद्याथी उत्रिनु प¥यो ?  अब देखि छिस्सीक्क त्यस्ता भ्रमहरु छरेको सुन्न परोस् त , त्यति वेला थाह होला विद्यार्थीहरु कसरी उत्रिने छन ।

विद्यार्थी नेताहरु विष्णुमाया कुवँर र हुमाकान्त पोखरेल लगायत पनि त्यसरी नै ओईरिएका थिए । नेकपाका केन्द्रिय  नेता तथा मन्त्रीद्धयः प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्ट सहितका नेताहरु त्यस क्यम्पसलाई आङ्गिक बनाउँदै थप सुविधा सम्पन्न बनाउन लागी परेका छन । केहि महिना अघि उनिहरु अलग अलग कार्यक्रममा आएर यस्तो प्रतिवद्धता जनाए लगत्तै कांग्रेसजनमा तरङ्ग आएको र भ्रमको खेती गर्न थालेको  नेकपाका कार्यकर्ताहरुको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान