२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिंदै

२०७५, ९ भाद्र शनिबार ०३:३५

भदौ ९, सुर्खेत (रासस) | कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो । 

चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रका २४ निर्वाचन क्षेत्रमा एक÷एक पर्ने गरी २४ नर्सरी स्थापना गरिने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताउनुभयो । 

रु एक करोडको लगानीमा २४ नर्सरी स्थापनाका लागि रु २४ करोड विनियोजन गरिएको जानकारी दिँदै उहाँले प्रदेशका १० वटै जिल्लामा पहिला सम्भाव्यता अध्ययन गरेर कुन जिल्लामा के उत्पादन हुन्छ, त्यसैको आधारमा नर्सरी स्थापना गरिने बताउनुभयो । सहकारी र स्थानीय तहसँग समन्वय गरेर कार्यविधि निर्माण गरी फलफूल तथा तरकारीका नर्सरी सञ्चालन गरिने भएको छ । 

प्रदेशको हिमाली, पहाडी र प्रदेश राजधानी भएको जिल्लासहितलाई तीन भागमा विभाजन गरेर स्थान सुहाउँदो तरकारी तथा फलफूलको नर्सरी बनाइने नर्सरीलाई बिरुवा अङ्कुरण/उत्पादन, इन्कुरेशन र ग्रोथ च्याम्बरका लागि दुई रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने