२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेवि संघले भन्यो–‘हामीले पनि रेसुङ्गा क्याम्पस आंगिक हुन पर्ने माग गरेको हो’

१४ भाद्र २०७५, बिहीबार ०४:४८

प्रेम सुनार | भदौ १४, बुटवल | मध्यपश्चिमाञ्चल विश्व बिद्यालय अन्तरगत गुल्मीको रेसुङ्गा  बहुमुखी क्याम्पस आंगिक  बनाउने त्रिभुवन बिश्व बिद्यालयको आठौं साधरण सभाले निर्णय गरे पछि दुई ठुला बिद्यार्थी संगठन बिच फेशबुके दोहोरी चलेको छ । अनेरास्ववियुका विद्यार्थीहरु लेख्छन  –‘आंगिक हुने निर्णय भएकोमा सबैलाई बधाई छ ।’  नेवि संघका  केहि विद्यार्थीहरु लेख्छन –‘  पुष्टि नै भएको छैन नचाँहिदो हल्ला फिजाईदै छ । ’

यसरी फेशबुके दोहोरी चल्दा चल्दै  हिजो  साँझा फेरी रेसुङ्गा क्याम्पसको नेवि संघ ईकाई समितिले क्याम्पस प्रमुखलाई ध्यानकृष्ट पत्र बुझाउँदै –‘ आफ्नो बिद्यार्थी संगठनले पनि लामो समय देखि त्यस क्याम्पसलाई आंगिक बनाउनका लागि आन्दोलन, पहल र माग गर्दै आएको  स्मरण गराउन खोजिएको छ  । उक्त पत्रमा  अरु  संगठन र बिशेष गरी कुनै नेता बिशेषलाई मात्र त्यसको जस  दिन नहुने धारणा राखिएको छ ।

ईकाई सभापति पुनाराम घिमिरेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ –‘ रेसुङ्गा क्याम्पस आंगिक भएको पुष्टि नहुँदै  कुनै राजनैतिक दल र अमुक नेताको फाईदा हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा भ्रम फैलाईनु यस क्याम्पसको भलो नहुने कुरा पुनः स्मरण गराउन चाहन्छौं । ’

रेसुङ्गा क्याम्पस आंगिक बनाउने निर्णय भएको पुष्टि भने आधिकारिक निकाय त्रिभुवन बिश्व बिद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्र कुमार मल्लले सञ्चार माध्यम मार्फत पुष्टि गरी सकेका छन । त्यस क्याम्पस सहित मध्यपश्चिमाञ्चलका १० क्याम्पसहरु आंगिक हुने निर्णय भएको जानकारी सञ्चार माध्यमलाई डाक्टर मल्लले गराएका हुन ।

यहाँ सम्मकी ति क्याम्पस आंगिक कार्यान्वनका लागि चालु आर्थिक बर्षमा १ अर्ब १६ करोड रकम समेत छुट्टाई सकिएको छ । प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ भन्छन–‘ पुष्टि गराउने आधिकारिक निकाय त्यही हो क्यारे,  कि कुनै पार्टी कार्यालयबाट पुष्टि भएको कुरा मात्रै आधिकारिक हुने  हो र ? ’  त्यस क्याम्स त आंगिक हुने भई सक्यो । अव  जो कोहीको आलिमुहाली टुट्यो । यहि सन्देश र बधाई एवं शुभकामना गुल्मीबासीलाई सुनाई दिनु ।

हामीले कांग्रेस नेता एवं पुर्व सांसद चन्द्र भण्डारी र नेवि संघका विद्यार्थी नेता सुदर्शन खनालको प्रतिकृया पनि राख्न चाहेका थियौ तर दुवै जनाको फोन उठेन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला