२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

तीजमा देखिएको विकृती रोकौंः मन्त्री केसी

२०७५, २३ भाद्र शनिबार १४:४२

भदौ २३, सुर्खेत । तीजमा हुने विकृतिलाई रोक्नुपर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छन् । तीजको नाममा हुने देखासिकीलाई रोकेर संस्केतिको जर्गेना गरेर तीज मनाउन कर्णालीका महिलाहरुलाई आग्रह गरेकी हुन् ।

सिस्टर नेपाल संस्थाले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीजको नाममा हुने विकृतिलाई रोक्न सुझाव दिइन् । ‘तीजको नाममा अरुको देखासिकीमा गहना लगाउने र दर खाने नाममा तीज भड्कीलो बन्दै गइरहेको छ’ मन्त्री केसीले भनिन्े, ‘यसको अन्त्य गरेर हामी जस्तो अवस्थामा छौ त्यहीबाट खुसीसाथ पर्व मनाउनुपर्छ ।’ कर्णालीका महिला भड्कीलो तीजतिर नभई समृद्धि कर्णालीका लागि अघि बढ्नुपर्ने उनको भनाई थियो । श्रीमानको लागि वत्र बस्ने महिलाहरुमाथि हिंसा भएको भन्दै उनले थपिन् ‘तीजमा हिंसा गर्ने पुरुषहरुको लागि  हामी वर्त बस्दैनौ ।’

यसैविच, सिस्टर नेपाल काठमाडौंले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता लक्ष्मी भण्डारी र रेडियो भेरी एफएमका पत्रकार दिपा कोइराला सम्मानित गरेको छ । सुर्खेतको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सिस्टर नेपाल काठमाडौंले भण्डारी र काइरालालाई सम्मान गरेको हो ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भण्डारी र कोइरालालाई प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरेकी थिइन् । भण्डारी सुर्खेतमा विगत ८ वर्षदेखी र कोइराला १५ वर्षदेखी पत्रकारीता क्षेत्रमा आवद्ध छन् । उनीहरुसहित सिस्टर नेपालले सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विधामा योगदान पु¥याउने १३ जना महिलाहरुलाई संस्थाले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल