२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

तीजमा देखिएको विकृती रोकौंः मन्त्री केसी

२३ भाद्र २०७५, शनिबार १४:४२

भदौ २३, सुर्खेत । तीजमा हुने विकृतिलाई रोक्नुपर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छन् । तीजको नाममा हुने देखासिकीलाई रोकेर संस्केतिको जर्गेना गरेर तीज मनाउन कर्णालीका महिलाहरुलाई आग्रह गरेकी हुन् ।

सिस्टर नेपाल संस्थाले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीजको नाममा हुने विकृतिलाई रोक्न सुझाव दिइन् । ‘तीजको नाममा अरुको देखासिकीमा गहना लगाउने र दर खाने नाममा तीज भड्कीलो बन्दै गइरहेको छ’ मन्त्री केसीले भनिन्े, ‘यसको अन्त्य गरेर हामी जस्तो अवस्थामा छौ त्यहीबाट खुसीसाथ पर्व मनाउनुपर्छ ।’ कर्णालीका महिला भड्कीलो तीजतिर नभई समृद्धि कर्णालीका लागि अघि बढ्नुपर्ने उनको भनाई थियो । श्रीमानको लागि वत्र बस्ने महिलाहरुमाथि हिंसा भएको भन्दै उनले थपिन् ‘तीजमा हिंसा गर्ने पुरुषहरुको लागि  हामी वर्त बस्दैनौ ।’

यसैविच, सिस्टर नेपाल काठमाडौंले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता लक्ष्मी भण्डारी र रेडियो भेरी एफएमका पत्रकार दिपा कोइराला सम्मानित गरेको छ । सुर्खेतको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सिस्टर नेपाल काठमाडौंले भण्डारी र काइरालालाई सम्मान गरेको हो ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भण्डारी र कोइरालालाई प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरेकी थिइन् । भण्डारी सुर्खेतमा विगत ८ वर्षदेखी र कोइराला १५ वर्षदेखी पत्रकारीता क्षेत्रमा आवद्ध छन् । उनीहरुसहित सिस्टर नेपालले सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विधामा योगदान पु¥याउने १३ जना महिलाहरुलाई संस्थाले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य