२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका शशी पन्थी, जसले १७ बर्षको उमेरमा पुस्ताकालय खोलेका थिए

२०७५, २४ भाद्र आईतवार १३:१४

प्रेम सुनार | भदौ २४, बुटवल | एउटा १७ बर्षको ढोटे किशोर जसले जति बेला पुस्ताकालय खोल्दै थिए त्यति बेला उनि खिसी टिप्रीका पात्र बनेका थिए । ठुलो शहर पनि होईन पाहडी जिल्ला गुल्मीको सदरमुकाम तम्घास थियो । जति बेला विद्याालयमा समेत पुस्ताकालय थिएन । 

विद्यालय समेत छाप्राहरुमा चल्दै थिए । त्यस्तो बेला आर्थत २०२५ सालमा आफु जस्ता केहि साहित्य प्रेमी  र विभिन्न प्रकारका पुस्तक तथा पत्र पत्रिका प्रेमी  तम्घास धागीथुमका शशी पन्थीले एसएलसी उतिर्ण गरे पछि किरण पुस्ताकालयको स्थापना गरेका थिए ।

उनले त्यस पुस्ताकालयमा देशका विभिन्न भागबाट प्रकाशित हुने पत्र पत्रिका समेत पढ्नका लागि उपलब्ध गराउँदै आए । त्यसले तत्कालिन अवस्था देखि अहिले सम्म साँच्ची किरणको काम गर्दै आएको छ । उनि आफैले स्थापना गरेको किरण पुस्ताकालय अहिले उनैको पालामा स्वर्ण महोत्सवको संघारमा पाईला टेक्यो । त्यो संगै उनले हाम्रो पुरुषार्ध नामक पत्रिकालाई राष्ट्रिय स्तर कै क वर्गको पत्रिका बनाउन सफल हुँदै आएका छन ।


जति बेला हाम्रो पुरुषार्थ बार्षिक , अर्ध बार्षिक थियो । त्यति बेला उनि बुटवल सम्म हिडेर छाप्न पुग्थे । मोती जयन्ती एवं किरण पुस्ताकालयको स्वर्ण महोत्सवको अबसमा आयोजित कार्यक्रमका बक्ता प्रदेश सांसद तथा उनका समकक्षी खड्ग केसी भन्छन–‘ उहाँलाई मैले त्यो पत्रिका छाप्नका लागि बुटवलमा हिडेर मात्र होईन बनरस सम्म पुगेको देखेको स्मरण अझै गर्छु म । उहाँको योगदानको जति तारिफ गरे पनि कम हुन्छ ।

अहिले पाक्षिक प्रकाशित हुँदै गरेको त्यस पत्रिका देशका विभिन्न क्षेत्रका साहित्यीक र बौद्धिक ब्यक्ति सम्म पुग्ने गरेको छ । त्स पत्रिकाको निरन्तर यात्रा ४५ बर्ष भयो अहिले । अर्का सांसद तथा प्रदेश ५  का बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठ भन्छन हामीहरु त पदले मानमानिय भएका हौं, योगदानले उहाँ माननिय मात्र होईन सम्माननिय हुनुहुन्छ ।

प्राज्ञा सदस्य डाक्टर तुल्सी भट्टराईले शशी पन्थीको योगदान शव्दमा ब्याख्या गर्न नसकिने धारणा राखे । रेसुङ्गा बहुमुखी क्याम्पसको पुर्व क्याम्पस प्रमुख पन्थीलाई साथ दिदै आए अर्का पुर्व क्याम्पस प्रमुख भाई दीन पन्थीले पनि त्यति नै ।

त्यसमा अरु थुप्रै ब्यक्तिहरुको पनि उनलाई साथ रह्यो । आज कार्यक्रमका प्रमुख बक्ता सांसद श्रेष्ठले पन्थीका हिजोका ति सर्घषका दिनहरुको स्मरण गराई रहँदा पन्थीले कार्यक्रम स्थल मै गहभारी आँशु पारेका थिए । उनी आफैले भने यति लामो यात्रा र संघर्षबारे केहि कुरा ब्यक्त गर्न सकेनन ।

शशी सरको सपना पुरा गर्छौः मन्त्री बिष्ट  

केहि दिन अघि मन्त्री निवास पुल्चोकको भेटमा यसै समाचारदाता संग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले किरण पुस्ताकालय गुल्मीको गहना भएको बताउँदै थिए । उनि भन्दै थिए शशी सरलाई भनि दिनु हामी उहाँले स्थापना गरेको किरण पुस्ताकालयमा भने जस्तो भवन बनाउने तयारीमा छौं ।

तम्घासको मुटु लाँकुरी मञ्चमा भव्य हल सहितको भवन बनाउने कार्यको तयारी हुँदैछ । आज भानु जयन्तीको अवसरमा उनले रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र नेकपाका नेता हिरा एसी संग पनि त्यही सन्देश प्रवाह गरी दिन आग्रह गरेको ति दुई वक्ताहरुले बताउँदै थिए ।

मन्त्री बिष्टले तम्घासमा एउटा बिशाल सभाहल बनाउने तयारीमा पनि लागेको बताउँदै थिए । अर्का  परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले पनि मदन भण्डारी लोक मार्ग, रेसुङ्गा विमान स्थल , कालिगण्डकी कोरिडोरले गुल्मेली जनताको समृद्धिको ढोका खोल्ने मन्त्रालय कै कार्यकक्षमा पुगेका गुल्मीबासीहरु संग बताउँदै थिए । प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बराल पनि संघिय मन्त्री सहित प्रदेशबाट हुने जिल्लाको विकास योजनाहरुलाई प्राथामिकतामा राखेर काम गरेको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल