२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

हुम्लामा पुस्तकालय स्थापनाको लागि काठमाडौँमा फुटसल प्रतियोगिता

२०७५, २५ भाद्र सोमबार ०३:३५

रेशमराज रोकाया | भदौ २५, हुम्ला | काठमाण्डौंमा रहेका जोशिला युवाको सक्रियतामा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ८ मा रहेको निलकण्ठ आधारभूत विद्यालय, फुचाको पुस्तकालय सहयोगको लागि काठमाण्डौंमा फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । कर्णाली र देशभरमा युवाको सहभागिता रहने फुटसलबाट प्राप्त हुने सबै रकम विदालयको पुस्तकालय स्थापना गर्नको लागि खर्चिने आयोजकले जानकारी गराएका छन् ।

यहि महिनाको २७ गते सम्म टिम दर्ता गर्न समय दिईएको र हाल सम्म १७ भन्दा बढी टिमले दर्ता गराईसकेको फुचा काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष हरि बुढाथोकीले जानकारी गराएका छन् । खेलमा कर्णाली लगायत देशभरका युवा क्लवको सहभागिता रहने आयोजकले जनाएका छन् । खेल भाद्र ३० गते जोरपाटी नयाँबस्तीमा रहेको ब्राईडजोन ईन्टरनेसनल स्कुलको खेलमैदानमा हुने भएको छ । खेलमा सहभागि हुने समूह मध्ये प्रथम हुनेलाई नगद २० हजार सहित प्रमाणपत्र र मेड, दोस्रो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र तेस्रो हुने समूहलाई नगद ५ हजार सहित प्रमाणपत्र हुने बुढाथोकीले बताउनु भयो । खेलमा दर्ता शुल्क ५ सय, फारम शुल्क १ सय र कार्डको लागि धरौटी रकम ५ सय व्यवस्थ गरिएको छ । 

हुम्लाका विद्यालयमा पुस्तकको अभावमा असल शिक्षा लिन नपाउने अवस्था नहोस् भन्नको लागि काठमाण्डौंमा रहेका युवाको सक्रियतामा यो प्रतियोगिता हुन लागेको हरि बुढाथोकीले बताउनु भयो । आगामी दिनमा पनि हुम्लाको विद्यालयको स्तरउन्नती र शिक्षाको लागि सँधै लागि पर्ने उहाँको भनाई रहेको छ । हाल हुम्लाका अधिकाँश विद्यालयमा पुस्तकालय नहुँदा नेपाल सरकारले निःशुल्क उपलव्ध गराउने पाठ्यपुस्तक बाहेक अन्य पाठ्यसामग्री अभावमा विद्यार्थीले शिक्षा लिईरहेका छन् । पुस्तकालय भन्ने कस्तो हुन्छ भन्ने नै अवधारणा विना विद्यालय शिक्षा लिन बाध्य रहेका विद्यार्थीको लागि यो काम अति नै फलदायक हुने देखिएको छ । हाल निलकण्ठ आधारभूत विद्यालयमा १ सय ४५ जना बालबालिकाले नियमित शिक्षा लिईरहेको छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल