२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

संविधान दिवस मनाउन समिति गठन

२०७५, २९ भाद्र शुक्रबार १७:३९

भदौ २९, सुर्खेत | कर्णाली प्रदेश सरकारले संविधान दिवस मनाउन समिति गठन गरेको छ । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा संविधान दिवस प्रदेश मूलसमारोह समिति गठन गरिएको हो ।

समितिको सदस्यमा प्रदेशभरका मन्त्री, सांसद, अदालतका प्रमुखहरू, कर्मचारी लगायतलाई छन् । आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीका अनुसार असोज १ गते विहान ८ बजे वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने, सोही दिन सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी सुर्खेतको समन्वयमा रक्तदान कार्यक्रम संचालन गर्ने कार्यतालिका बनाएको छ । उनका अनुसार असोज २ गते  गते प्रदेश राजधानीभित्रका मन्त्रालय, सवै सरकारी कार्यालय, नगरपालिका, उद्योगी व्यापारी र आमनागरिकसमेत सवै सरोकारवालाहरूले आ–आफ्नो कार्यालय परिसर, घर कम्पाउन्ड, घर अगाडीको सडक सरसफाइ गर्ने तथा सोही दिन  वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नेपालको संविधान र संघीयता विषयक अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ ।

संविधान जारी भएको दिन असोज ३ गते साँझ दिपावली गर्ने कार्यक्रम तय भएको मन्त्री भण्डारीले बताए । यसका साथै  नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवाद प्रशारण गर्न स्थानीय टेलिभिजन, रेडियो तथा विशेष लेख रचना प्रकासन गर्न स्थानीय पत्र पत्रिकाहरूलाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ । ‘संविधान दिवस प्रदेशस्तरीय समारोह समितिको अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रदेशस्थित निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, बैंक तथा वित्तिय संस्था, प्रतिष्ठानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवा, मजदुर, किसान, महिला, सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्थाका पदाधिकारी, नागरिक समाज र संचार कर्मी, उद्योगी व्यवसायीका साथै समाजमा क्रियाशिल सवै सामाजिक संघसंस्थाका सदस्यहरू आ–आफ्नो  संघ संस्थाको व्यानरमा र सर्वसाधारण विहान ७ः३० बजे मंगलगढी चोकमा उपस्थित भइ प्रभातफेरी सहित संविधान दिवस कर्णाली प्रदेश मुल समारोह स्थल खुल्ला मञ्च घन्टाघरमा जम्मा हुने कार्यक्रम रहेको छ ।’  

प्रचारप्रसार समितिका संयोजकसमेत रहेका मन्त्री भण्डारीले भने, ‘सामाजिक सघसस्थाहरुलाई विभिन्न भेषभुषा र संस्कृति झल्कने सांस्कृतिक झलक र झाँकी सहित सहभागी गराउन सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत हामीले गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने