२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको एक बिद्यालय चलाउन नसकेर महायज्ञद्धारा सार्वाजानिक याचना

२०७५, ३० भाद्र शनिबार १७:३३

प्रेम सुनार | भदौ ३०, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको एक विद्यालयले माध्यामिक तहको कक्षा सञ्चालन गर्न नसकेर आम सर्वसाधरण संग सहयोगको याचना गर्न महायज्ञ सञ्चालन गर्न बाध्य भएको छ ।  जिल्लाको इस्मागाउँपालिका वडा नम्बर २ मा पर्ने पालुखा माध्यमिक बिद्यालय सरकारी निकायबाट विद्यालय सञ्चालन गर्न नसकेर  यहायज्ञ गर्न बाध्य भएको हो ।

उच्च कक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछी महायज्ञ पूजा आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक बावुराम खत्रीले बताए । बिद्यायलयमा शनिवार बसेको भेलाले यहि आउँदो असोज २२ गते देखि ३० गते सम्म महायज्ञ गर्ने मिति तय गरेको प्रधानाध्यापक खत्रीले जानकारी दिए  ।

भेलाले महायज्ञ सञ्चालन गर्नको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा ३ सय ५१ सदस्यि मुल आयोजक समिति सदस्य गठन गरेको छ । महायज्ञलाई प्रभावकारी बनाएर सम्पन्न गर्नको लागि भन्दै २३ वटा उपसमिति समेत गठन गरेको खत्रीले बताए ।

९ दिन सम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँने महायज्ञमा बाल योगेश्वर महाराज कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । २०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म ५ कक्षा सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुादै केहि वर्ष पहिलेबाट ८ कक्षा सम्म र केहि वर्ष यता कक्षा १० सम्म पठनपाठन हुदै आएको छ ।

बिद्यालयलको आर्थिक अबस्था निकै दयानिय अबस्थामा १० कक्षा सम्म सञ्चालन गर्दै आएको बिद्यालयले  खर्च थेग्न नसकेर  चन्दा सहयोग र देउसी भैलो खेलेर बढो मुस्कीलले चलाउँदै आएको छ । सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको बिद्यालयलाई अगाडी ल्याउनको लागि भन्दै पछिल्लो समय यता स्थानियले बिभिन्न जग्गा दान गरेर नयाँ भवन समेत निर्माण गरेका छन् ।


भवन निर्माण र आबश्यक  विषयगत शिक्षकहरुलाई तलव खुवाउन मुस्कील परेपछि  महायज्ञ आयोजना गरिएको बिद्यालयका निर्वतमान प्रधानध्यापक सुरेन्द्र पोण्डेयले बताए ।

कक्षा १० संगै बिद्यालयले  कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने उद्देश्यका साथ महायज्ञ सुरु गर्न लागिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीले बताए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर रेश्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

बिद्यालयका निर्वतमान प्रधानाध्यापक सुरेन्द्र पाण्डेयको स्वगत रहेको कार्यक्रमको सञ्चालन जिल्लासमन्वय समिति गुल्मीका सदस्य दलबहादुर बिश्वकर्माले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने