२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषणा

२०७५, १३ आश्विन शनिबार १३:४०

नन्द बहादुर रोकाया | असोज १३, मुगु | मुगु जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालीका वडा नं ३ छाउगोठ मुक्त घोषण गरीएएको छ ।  युरोपियन युनियनको आर्थिक सहयोग एक्सनवर्क नेपालको  साझेदारिमा तथा खत्याड गाउँपालीकाको आयोजनामा बिहिबार एक कार्यक्रमको आयोजना गरी खत्याड गाउँपालीकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ३ नम्बर वडा लाई घोषणा गरिएको हो  । 

१८० घरधुरीरहेको वडा नं तिनका श्रीकोट, बरात्,तल्ली खर्क, माथी खर्क गाउँका महिला महिनावारी भएका बेला छोरी बुहारी, किशोरी हरु गोठामा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले खत्याड गाउँपालीकाकै पहिलो छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको  खत्याड गाउँपालीका ३ नम्बर वडाकार्यलयले जनाएको छ । 

मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गदै आएको एक्सनवर्क नेपाल मुगु र  स्थानीय सरकार पनी छाउगोठ मुक्त अभियानमा लागेकाले पछील्ला समय मुगुमा छाउगोठ मुक्त घोषणा गर्ने काम तिब्ररुपमा अघि बढेको छ । यस अघि एक्सनवर्क नेपालको साझेदारमा तथा स्थानीय सरकारको सक्रियतामा  छायाँनाथ रारा नगरपालीकाको १० नम्बर वडाको चराप गाउँलाई छाउँगोठ मुक्त घोषण गरेको  एक्सनवर्क नेपालका मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार स्थानीयस सरकार संग सहजिकरण गदै मुगु जिल्ला लाई छाउगोठ मुक्त बनाउने तयारी भइरहेको शाहीको भनाई छ । 

यसअघि गाउँमा छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह खान नपाउने, फलफूलका बोट छुन नहुने, गाई छुन नहुने , घरको जग छुँदा देवी रिसाएर अनिष्ट हुने मान्यता  भएको भएपनी पछील्ला समय त्यो हट्दै गहेको र महिला पनी सचेत भएकाले छाउँगोठ मुक्त घोषणमा स्थानीय सरकार पनी लागेको खत्याड गाउँपालीका ३ नं वडा कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल