कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथर मा भतिज द्वारा काकी बलात्कृत

१६ आश्विन २०७५, मंगलवार १६:३१


कमल घिमिरे | असोज १६, पाँचथर | पाँचथरमा आफ्नै काकीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । फिदिम नगरपालिका–१२, का २६ वर्षका काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । गएको शनिबार रातको समयमा काकीको कोठामा गएर मोबाइलको फोटो देखाउने बहाना गर्दै काकीलाई जवरजस्ती करणी गरेर ती युवक फरार भएको पाँचथर प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा खोजी गर्दा युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका युवकमाथि जवरजस्ती करणी मुद्धा अन्तर्गत जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक विष्णु खड्काले बताउनुभयो । पाँचथरमा साउनयता मात्र ४ ओटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।यस्तै बलात्कार र बलात्कार प्रयासका घट्ना बढिरहेकै बेला पाँचथरमा दुई महिलामाथि दुव्र्यवहार भएको छ । दुव्र्यवहारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरि मुद्दा समेत चलाएको छ । पाँचथरको हिलिहाङ–५ सुभाङकी २८ वर्षीया महिलामाथि स्थानीय एक युवकले कुटपीट गरेका छन् ।

पीडितको उजुरीका आधारमा आरोपित स्थानीय २२ वर्षीय युवकलाई सोमवार नियन्त्रणमा लिइएको छ । यस्तै  फाल्गुनन्द गाँउपालिका वडा नं. ६ की २५ वर्षीया महिलाको घरमा गई गाली गलौज गरेको भन्ने उजुरीका आधारमा आरोपित स्थानीय २३ वर्षीय युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली