२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

२०७५, २१ आश्विन आईतवार ०३:०१

असोज २१, म्याग्दी | अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । 

विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो । 

गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० माविमा इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गरिएको गाउँपालिकास्तरीय शिक्षक महासङ्घका अध्यक्ष रमन पुनले जानकारी दिनुभयो । 

अन्नपूर्णका विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । टेलिटिचिङ शुरु भएपछि विषयगत शिक्षक नभएको अवस्थामा अर्को विद्यालयका शिक्षकबाट पठनपाठनलाई निरन्तरता दिन सकिने ज्ञानप्रकाश मावि दानाका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो । 

विद्यार्थी, शिक्षक र विद्यालयबीच एक अर्कामा शिक्षण विधि र अनुभव आदानप्रदान हुने, कुनै समस्या आएमा तत्कालै छलफलको माध्यमबाट समाधान पनि गर्न सकिने ज्ञानप्रकाश माविका शिक्षक सन्तोष पौडेलले बताउनुभयो । सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा जडान गरिएको ताररहित इन्टरनेट उपयोग र गाउँपालिकाको सहयोगमा उपकरण खरिद गरेर टेलिटिचिङ शुरु गरिएको हो । 

नाङ्गीको हिमाञ्चल, हिस्तानको टिकोट, शिखको शिख, पाउद्धार, भुरुङको सर्वोदय, नारच्याङको प्रभा, दानाको ज्ञानप्रकाश, दोवाको कैलाश, रिमाको आदर्श मावि र घारको मुक्तिमार्ग माविमा टेलिटिचिङको परीक्षण सफल भएको छ । 

इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याइएको टेलिटिचिङलाई दिगो र निरन्तरता दिन स्थानीय सर्भर निर्माणको तयारी भएको हिमाञ्चल माविका शिक्षक किसान पुनले बताउनुभयो । सर्भर भएमा इन्टरनेट नभएको अवस्थामा पनि टेलिटिचिङ गर्न सकिने पुनले बताउनुभयो । ल्याप्टपमा वेभक्याम खोलेर टेलिटिचिङ गर्ने व्यवस्था मिलाइएको छ । 

टेलिटिचिङ सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले रु १० लाख विनियोजन गरेको थियो । अध्यक्ष पुनको सक्रियतामा समुदायस्तरबाट रु पाँच लाख ५० हजार सहयोग जुटाइएको थियो । 

टेलिटिचिङलाई प्रभावकारी र दिगो बनाउन इन्टरनेट र विद्युत् सेवालाई प्रभावकारी बनाउनुपर्ने ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल