२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कर्णालीका २४ विद्यालय डिजिटल बनाइँदै

२१ आश्विन २०७५, आईतवार १५:२९

असोज २१, सुर्खेत | कर्णाली सरकारले शैक्षिक गुणस्तर बढाउन २४ विद्यालयमा डिजिटल प्रविधी जडान गर्ने भएको छ । प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा एक एक वटा विद्यालयलाई डिजिटल बनाउने गरी तयारी गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विद्यालयलाई डिजिटल बनाउन लागिएको हो ।

कर्णाली प्रदेशको शिक्षालाई प्रविधीसंग जोडेर यहाँको शिक्षामा गुणस्तर ल्याउने गरी चालु आर्थिक बर्षमा २४ विद्यालयलाई डिजिटल बनाउने गरी सरकारीले तीन करोड रुपैयाँ विनियोजन गरेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए । सरकारले विभिन्न मापदण्डहरु बनाएर १० वटै जिल्लामा विद्यालय छनौटको काम गरी सकेको र आवश्यक तयारी पूरा भएको मन्त्री भण्डारीले बताए । ‘प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउने गरी विद्यालयलाई डिजिटल बनाउन लागिएको हो’ उनले भने ।

सरकारको डिजिटल स्कूल कार्यक्रमअन्तर्गत कर्णालीका २४ माध्यमिक विद्यालयहरुलाई चालु आर्थिक बर्षमा डिजिटल बनाईने उनले बताए । ‘सबै निर्वाचन क्षेत्रका एक एक वटा विद्यालयहरु छनोट गरी डिजिटल बनाउन लागिएको छ’ मन्त्री भण्डारीले भने, ‘त्यसका लागि २१ वटा विद्यालयहरुसंग सम्झौता समेत गरिसकेका छौ ।’ विद्यालयको पूर्वाधार बिकासको अवस्था, त्यसको दीगोपनाका लागि विद्यालयको क्षमता र योजना, इन्टरनेटको पहुँच, कम्प्युटर कक्षा सञ्चालनको अवस्था लगायतका ७ वटा मापदण्ड तयार गरी विद्यालय छनौट गरिएको उनले बताए ।

यो कार्यक्रम अन्तर्गत कालीकोट र जुम्लामा २/२ वटा विद्यालयलाई डिजिटल घोषणा गरिएको छ । सरकारी मापदण्डमा परेका विद्यालयले यो कार्यक्रममा लागि १५ लाख रुपैयाँ पाउनेछन् । डिजिटल विद्यालयमा बालबालिकामैत्री र सिसी क्यामेरा जडान गरिने र डिजिटल बोर्डबाटै अध्ययन अध्यापन गराउनु पर्नेछ । यस्ता विद्यालयमा ई–लाइब्रेरीको व्यवस्था गरिने, दैनिक दिनको शिक्षक विद्यार्थीको उपस्थिति र तिनले गर्ने क्रियाकलापको रेकर्ड राख्ने व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली