२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कर्णालीका २४ विद्यालय डिजिटल बनाइँदै

२०७५, २१ आश्विन आईतवार १५:२९

असोज २१, सुर्खेत | कर्णाली सरकारले शैक्षिक गुणस्तर बढाउन २४ विद्यालयमा डिजिटल प्रविधी जडान गर्ने भएको छ । प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा एक एक वटा विद्यालयलाई डिजिटल बनाउने गरी तयारी गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विद्यालयलाई डिजिटल बनाउन लागिएको हो ।

कर्णाली प्रदेशको शिक्षालाई प्रविधीसंग जोडेर यहाँको शिक्षामा गुणस्तर ल्याउने गरी चालु आर्थिक बर्षमा २४ विद्यालयलाई डिजिटल बनाउने गरी सरकारीले तीन करोड रुपैयाँ विनियोजन गरेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए । सरकारले विभिन्न मापदण्डहरु बनाएर १० वटै जिल्लामा विद्यालय छनौटको काम गरी सकेको र आवश्यक तयारी पूरा भएको मन्त्री भण्डारीले बताए । ‘प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउने गरी विद्यालयलाई डिजिटल बनाउन लागिएको हो’ उनले भने ।

सरकारको डिजिटल स्कूल कार्यक्रमअन्तर्गत कर्णालीका २४ माध्यमिक विद्यालयहरुलाई चालु आर्थिक बर्षमा डिजिटल बनाईने उनले बताए । ‘सबै निर्वाचन क्षेत्रका एक एक वटा विद्यालयहरु छनोट गरी डिजिटल बनाउन लागिएको छ’ मन्त्री भण्डारीले भने, ‘त्यसका लागि २१ वटा विद्यालयहरुसंग सम्झौता समेत गरिसकेका छौ ।’ विद्यालयको पूर्वाधार बिकासको अवस्था, त्यसको दीगोपनाका लागि विद्यालयको क्षमता र योजना, इन्टरनेटको पहुँच, कम्प्युटर कक्षा सञ्चालनको अवस्था लगायतका ७ वटा मापदण्ड तयार गरी विद्यालय छनौट गरिएको उनले बताए ।

यो कार्यक्रम अन्तर्गत कालीकोट र जुम्लामा २/२ वटा विद्यालयलाई डिजिटल घोषणा गरिएको छ । सरकारी मापदण्डमा परेका विद्यालयले यो कार्यक्रममा लागि १५ लाख रुपैयाँ पाउनेछन् । डिजिटल विद्यालयमा बालबालिकामैत्री र सिसी क्यामेरा जडान गरिने र डिजिटल बोर्डबाटै अध्ययन अध्यापन गराउनु पर्नेछ । यस्ता विद्यालयमा ई–लाइब्रेरीको व्यवस्था गरिने, दैनिक दिनको शिक्षक विद्यार्थीको उपस्थिति र तिनले गर्ने क्रियाकलापको रेकर्ड राख्ने व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने