२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको प्रथम जिल्ला सम्मेलन सम्पन्न

२१ आश्विन २०७५, आईतवार १५:४२

असोज २१, रोल्पा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रोल्पाको प्रथम जिल्ला सम्मेलन लिवाङमा सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रा विष्टको अध्यक्षतामा १३ पुर्ण र ४ वैकल्पिक गरि १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । 

समितिको उपाध्यक्षमा मिलनसिं ठकुरी, सचिवमा मिनराज रोका, सह-सचिवमा रमेश पुन र कोषाध्यक्षमा धनराज थापा  निर्वाचित हुनुभएको  छ । पुर्ण सदस्यहरूमा कल्पना गिरी, मोतिसरा बुढाथोकी, अनुप परियार, विशाल रोका मगर, विक्रम रोका मगर, रेखा रावत,अनिता विष्ट, केसरी विष्ट रहनुभएको छ भने वैकल्पिक सदस्यहरूमा दिपा विष्ट, विषम रेग्मी, पुर्णीमा मगर र खेमराज घर्ती मगर रहनुभएको छ । 


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटनमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट, नेपाल पत्रकार महासंघ रोल्पा साखाका अध्यक्ष महेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलनमा राजमोका जिल्ला सल्लाहकार केवी थापा, प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला सदस्य मिनराज रोका लगायतको आतिथ्यता रहेको सम्मेलन खगेन्द्रा विष्टको अध्यक्षता मिलनसिं ठकुरीको सञ्चालन र रमेश पुनको  स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल