२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपालमा कफी खेती सुरुवात गर्ने आँपचौर मै पुगेर दिवस मनाईयो

१ मंसिर २०७५, शनिबार १४:५६

प्रेम सुनार | मङ्सिर १, बुटवल | आज १४ औं राष्ट्रिय कफी दिवसका अबसरमा विक्रम सम्वत १९९५ सालमा गुल्मी आँपचौरका हिरा गिरीले वर्माबाट आफ्नो गाउँमा  विउ ल्याई विरुवा रोप्न सुरु गरेको स्मरण गर्दैं उनी प्रति आज सम्मान प्रकट गरिएको छ । 

आज  गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको सहित  त्यहाँका सबै कार्यालय प्रमुखहरु सोही स्थानमा पुगेर उनि प्रति सम्मान प्रकट गरेका हुन । त्यस्तै मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाको टोली पुगेर सम्मान प्रकट गर्दै आँपचौरको कफी कृषकलाई प्रोत्साहित गर्न सय वोट कफी रोप्ने कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम र केहि किशानहरुलाई पुरस्कार समेत आज वितरण गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरप्रम सापकोटाले आँपचौरको कफी उत्पादनमा नगरपालिकाले बिशेष कार्यक्रम अगाडी सारेको बताए ।  उनले  गत बर्ष जिल्लाभर १ सय ६० हेक्टरमा ३५ टन उत्पादन भएको अहिले त्यो भन्दा बढि हुने बताए ।

व्यवसायीक रुपमा भने हिरा गिरीले २०३२ सालबाट सुरु गरेका थिए ।  तत्कालिन राजा विरेन्द्र २०४२ सालमा आँपाचौरमा अवलोकन गर्न गई उनले त्यहाँ कफी बिकास केन्द्र खोल्न लगाएका थिए । एक जना कार्यालय प्रमुख सहित १४ जना सरकारी कर्माचारीहरुले कफीको अनुसन्धान, विउ विरुवा वितरण र प्रचार प्रसार गर्दै आएको उनले बताए ।

राजधानी स्थित नेपाल राष्ट्रिय चिया तथा कफी बिकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार देशभर ५ सय १३ टन कफी उत्पादन हुने जानकारी दिए । उनले अन्तराष्ट्रिय बजारले २ सय मेट्रिक टन माग गरे पनि १६/१७ टन भन्दा बढि दिन नसकिएको बताए ।

कोरिया र जर्मन लगायतकाका अन्तराष्ट्रिय बजारमा जाने कर्फबाट बार्षिक ९ करोड रकम भित्रिने गरेको उनको भनाई छ ।  केहि बर्ष अघि सम्म नेपाल कफीमा आत्मार्निर उन्मुख भई रहेको अबस्थामा अहिले बार्षिक करिव ६ करोडको कफी भारतबाट आयत हुने गरेको उनि बताउँ छन ।

यस बर्षको कफी दिवस पोखरामा बनाईएको र उद्योग बाणिज्य महासंघ मार्फत ठुला उद्योग ब्यवसायीलाई कफी उत्पादनमा लगानी गर्न जोड गरिएको उनले बताए ।   सरकारले यस आर्थिक बर्षमा सबै भन्दा बढि कफी उत्पादन हुने जिल्ला स्याङ्गजा, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाची रुपन्देहीलाई कफी सुपरजोन जिल्ला घोषणा गरेको छ । गौतमले  कफीमा साना ब्यवसायीले निर्वाहमुखी खेती गरेका कारण  उत्पादन कमी हुन पुगेको र सोतो गवारो लगायतका किराहरुले निरुसाहित गरेका कारण त्यसको निरुपणमा सरकारले लागेको उनको भनई छ ।

चियामा भने नेपाल आत्मानिर्मर भई सकेको उनले बताए । उनका अनुसार कफी देशका २३ जिल्लामा उत्पादन हुने गर्दछ ।  नेपालमा चिया बार्षिक २ करोड ५० लाख केजी उत्पादन हुने उनले जानकारी दिए । ईलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर र तेह्रथुममा ५० लाख केजी र २ करोड केजी झापा जिल्ला मै उत्पादन हुने उनले बताए ।  कुल  उत्पादनको ५० प्रतिशतले नेपाल  चियामा आत्मानिर्भर बनेको र ५० प्रतिशत भारतमा निर्यात गरी बार्षिक ४ अर्व रकम भित्रिने उनको भनाई छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली