२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

विद्यालयलाई प्राथमिक उपचार सामग्री प्रदान

२०७५, २ मंसिर आईतवार १४:५०

रेशमराज रोकाया | मङ्सिर २, हुम्ला | सामान्य विसञ्चोको कारणले विद्यालयका बालबालिका विद्यालयको कक्षा छोड्ने दर घटाउनको लागि सिमकोट गाउँपालिकाले नयाँ कदम चालेको छ । विद्यालयमा अध्ययनरत रहँदै गर्दा आउने स्वास्थ्य समस्यालाई निराकरण गर्नको लागि एक कार्यक्रमको विचमा सिमकोटमा रहेका २५ वटा सामुदायिक र निजी विद्यालयलाई औषधी उपचार सामाग्रीको साथमा प्राथमिक उपचार सामाग्रीको सहायता गरिएको हो । सिमकोटमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय ७५ विद्यार्थीको माझमा प्राथमिक उपचारका सामाग्री र औषधी हस्तान्तरण गरिएको छ ।

विद्यालयमा गएका अधिकाँश बालबालिका विद्यालय समयमा सञ्चो नभए पछि नजिक रहेको स्वास्थ्य संस्थामा भिँड लाग्ने गरेको र पढाई छुट्ने गरेको तथ्यलाई मध्यनजर गर्दँै सिमकोट गाउँपालिकामा रहेका सबै विद्यालयलाई १९ थरीको औषधीको साथमा प्राथमिक उपचार सामागी प्रदान गरिएको छ । हरेक दिन एउटै विद्यालयका १५ देखी २० जना टाउको दुख्ने र चोटपटक लागेका विद्यार्थी अस्पतालमा जाने गरेका छन् । खेल खेल्दा र अन्य बेलामा सामान्य चोटपटक लागेका विरामीलाई विद्यालयले नै प्राथमिक उपचार गरी पठन पाठनमा सुधार ल्याउन सकियोस् भन्नको लागि यस्ता अवधारण ल्याएको प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । सामाग्री हस्ता०तरण गर्दै अध्यष पदम लामाले एक स्वस्थ बालबालिका विद्यालय प्रवेश गरेमा मात्र असल  शिक्षा लिन सक्ने बताउनु भयो ।

जिल्ला अस्पताल हुम्लाका प्रमूख डा. टासी अञ्जुक लामाले विदालयमा हस्तान्तरण गरिएका औषधीको प्रयोग र विधि मानसरोवर नमूना माध्यमिक विद्यालयका विद्यार्थीलाई जानकारी गराउनु भएको थियो । प्राथमिक उपचार भनेको स्वास्थ्य संस्थामा विरामीलाई पुर्याउनु भन्दा अघि नै खराबी नहोस् भन्नको लागि पुर्याईने साबधानी र उपचार मात्र भएकोले गहन विरामीलाई नजिक रहेको स्वास्थ्य संस्थामा चेक जाँचको लागि आउन लामाले सुझाउनु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पदम लामाले शिक्षा हासिल गर्नको लागि स्वस्थ शरिर आवश्यक भएको कारण विद्यालयलाई प्रदान गरिएको सामाग्री विद्यार्थीले भरपुर उपयाग गर्नेमा जोड दिनु भएको थियो ।

हाल सिमकोट गाउँपालिका भित्र रहेको २५ वटा विद्यालयको स्वास्थ्य अवस्था सुधार गर्नको लागि विभिन्न कार्यक्रम सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गर्न लागिएको मध्येको एक रहेको गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताउनु भयो ।  स्वास्थ्य अवस्था सुधार गर्नको लागि जुकाको औषधी, स्वास्थ्य शिक्षा लगायतका कार्यक्रम चाँडै विद्यालयमा लागु हुने रावते बताउनु भयो । सिमकोटका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालय समयमा चोटपटक र समान्य विरामीको कारण कक्षा छोड्ने दर बढ्दै गएको भएता पनि अब विद्यालयमा प्रदान गरिएको यस्ता खाले सामाग्रीले विद्यार्थीके पठनपाठनमा सुधार ल्याउने मानसरोवर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनु भयो ।


माथिको तश्वीरमा: सिमकोट गाउँपालिकाले मानसरोवर नमूना माध्यमिक विद्यालय लगायत सिमकोटका २५  विद्यालयलाई प्राथमिक उपचार सामाग्री हस्तान्तरण गर्ने लक्ष्यको साथ अध्यक्ष पदम लामा, प्रधानाध्यापक अमर बहादुर शाहीलाई हस्तान्तरण गर्दै । तश्वीर: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने