२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

५ पुष २०७५, बिहीबार ०७:१३

 पुस ५,जुम्ला  (रासस) | सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । 

दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले भवन अत्यन्तै भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भएकाले दृष्टिविहीन विद्यार्थीलाई बहुउपयोगी हुने बताउनुभयो । 

यसअघि भैरव माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विद्यालयमै अपाङ्गमैत्री भवन नहुँदा सकस भएको थियो । उनीहरुका लागि विद्यालयदेखि झण्डै एक किलोमिटर टाढा छात्रावासको व्यवस्था गरिएको थियो । बर्खाको खोला तथा दैनिक भिरपाखामै हिँडेर दृष्टिविहीन विद्यार्थी विद्यालय आउजाउ गथ्र्ये । सधँै टाढाबाट सहयोगीको भरमा विद्यालय पुग्नु पर्ने र विद्यालयमा अपाङ्गमैत्री शौचालय तथा वातावरण नहुँदाको निकै सकस उनीहरुले भोग्दै आएका थिए । यसरी विद्यालयमा पढ्दै आएका दृष्टिविहीन विद्यार्थीलाई कुनै पनि बेला आउजाउ गर्दा चोटपटक लाग्ने वा बाटोमा कसैले हिंसात्मक गतिविधि गर्न सक्ने चिन्ता थियो, भने अर्कोतर्फ मनोबल घटेर पढाइमा समेत असर परिरहेको थियो । यही समस्यालाई मध्यनगर गर्दै नमूना अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थी निकै खुशी भएका छन् । 

भवन निर्माणमा खटिएका सिभिल इञ्जिनीयर शेरबहादुर शाहीले दृष्टिविहीन विद्यार्थीले भोग्नुपरेका यसअघिका दुःख अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भवनभित्र विद्यार्थीका लागि पर्याप्त कोठा तथा सहज एटेज बाथरुमको व्यवस्था छ, यसले गर्दा उनीहरुलाई सहज हुनुका साथै पढ्ने मनोबल बढ्ने छ ।” विद्यार्थीलाई पढाएर मात्रै नहुने भन्दै खान, बस्नको उचित व्यवस्थासहित उनीहरुको मनोबल पनि बढाउनुपर्ने उहाँको भनाइ छ । आगामी शैक्षिक शत्रदेखि दृष्टिविहीन विद्यार्थीको पढाइ गुणस्तर पनि सुध्रिने उहाँले विश्वास गर्नुभयो । विद्यालयको रेखदेख तथा समस्या समाधानमा लागि वडा पालिका तयार रहेको ३ नम्बर वडाध्यक्ष तिलाचन्द्र चौलागाईंले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता