२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेश सरकारद्धारा रवि सम्मानित

२०७५, ९ पुष सोमबार १६:००

पुष ९, कैलाली (रासस) | नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ । 

विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताउनुभयो । उहाँले यो जितलाई आत्मसात गरी आगामी दिनमा थप उचाई प्राप्त गर्न वडलाई शुभकामना दिनुभयो । उहाँले वडलाई सहयोग र साथ दिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

यस्तै सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताउनुभयो । उहाँले सम्पूर्ण देशवासीको माया र स्नेहले आफूले यो स्थान हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले रविलाई सम्मान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने