२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुत्केरीलाई घ्यू र अण्डा

९ पुष २०७५, सोमबार १६:१५

पुष ९, बैतडी (रासस) | मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । 

सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको हो । 

चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ । सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फ सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गर्ने नगर उपप्रमुख जानकी बमले बताउनुभयो । संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । पोषणमा सुत्केरी महिलालाई घ्यू र अण्डा दिइने छ भने सरसफाइ किटमा साबुन, तेल, ब्रसलगायत सरसफाइका सामग्री दिइनेछ । सुत्केरी भएको सातौं दिनमा उपप्रमुखले उक्त कोसेली वितरण गर्ने बताइएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले रु सात लाख छुट्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली