३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय पुनःनिर्माण अझै एक वर्ष

१८ पुष २०७५, बुधबार ०६:३१

 पुस १८, काभ्रेपलाञ्चोक (रासस) : भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । 

जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये २८ विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । यसमध्ये आठ विद्यालय समुदायलाई हस्तान्तरण भइसकेको छ भने अन्य निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको छ । 

आउँदो २०७७ सालभित्र सामुदायिक विद्यालयको पुनःनिर्माण सकिने विद्यालय पुनःनिर्माण आयोजना एकाइ प्रमुख निर्मलकुमार घिमिरेले बताउनुभयो । उहाँका अनुसार समयमा विद्यालय छनोट नहुनु, रकम निकासामा ढिलाइ हुनु तथा केही विद्यालयमा जमीनको स्वामित्वसम्बन्धी विवादका कारण विद्यालय भवन पुनःनिर्माणमा ढिलाइ भएको हो । उहाँले भन्नुभयो, “२०७७ भित्र सामुदायिक विद्यालयको पुनःनिर्माण सक्ने योजनामा छौँ ।” 

काभे्रलाञ्चोकको ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन् । भूकम्पबाट क्षतिग्रस्त विद्यालयले पुनःनिर्माण तथा अस्थायी अध्ययन केन्द्रमार्फत अध्यापन सञ्चालन गरिरहेको एकाइ प्रमुख घिमिरेले बताउनुभयो । उहाँका अनुसार जिल्ला कार्यान्वयन एकाइको अनुदानमार्फत १९३, सङ्घ संस्थाबाट ३५ गरी २२८ विद्यालय पुनःनिर्माण भइरहेको हो । 

करीब ५० प्रतिशत विद्यालयको पुनःनिर्माण बाँकी छँदा एक वर्षमा सकिने एकाइको दाबी छ । एकाइ प्रमुख घिमिरे भन्नुहुन्छ, “५० प्रतिशत निर्माण सम्पन्न भयो, करीब ३० प्रतिशत निर्माणाधीन अवस्थामा छन्, अबको एक वर्षमा पुनःनिर्माण सक्नेछौँ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड