१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई खेलकूद पोशाक वितरण

१८ पुष २०७५, बुधबार ०७:४६

पुस  १८, गलकोट | विद्यालयको वार्षिकोत्सवको अवसरमा यहाँको एक विद्यालयले विद्यार्थीलाई खेलकूद पोशाक वितरण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयको ५८औं वार्षिकोत्सवको अवसरमा खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थीलाई रु ७० हजार बराबरको खेलकूद पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउनुभयो । 

विद्यालयले देउसी भैलो खेलेर सङ्कलन गरेर निर्माण गरिएकोे आर्थिक कोष र विद्यालय प्रेमीले विद्यालयमा स्थापना गरेको अक्षयकोषको ब्याजवापतको रकमबाट खेलकूद पोशाक वितरण गरिएको सापकोटाले बताउनुभयो । 

पछिल्लो समयमा विद्यार्थीलाई पढाइसँगै खेलकूदतर्फ आकर्षित गराउन खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा हालै विद्युतीय हाजिरी मेसिन र सुझाव पेटिकाको व्यवस्था समेत गरिएको छ । चार कक्षासम्म अङ्ग्रजी माध्यमबाट पढाइ भइरहेको स्कुलमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्न थालेपछि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालको छ । 

बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले विद्यालय आधुनिक प्रविधिमैत्री बन्दै अगाडि बढेकाले नमूना विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल