११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका १४ आङ्गिक क्याम्पसका कर्मचारीहरुले तलब पाएनन्

२४ पुष २०७५, मंगलवार ०६:३६

पुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । 

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक मानबहादुर चन्दले जानकारी दिए । 

विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण प्राध्यापक कर्मचारीले अहिलेसम्म तलब नपाउँदा समस्या भएको प्राध्यापक कर्मचारीले बताएका छन् । २०७४ असोज २ गते नेपाल सरकारले सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसकका दरबन्दी स्वीकृत गरेको थियो । १४ क्याम्पसमा कार्यरत ३३४ प्राध्यापक तथा कर्मचारीले तलब पाउन नसकेको चन्दले बताउनुभयो । 

विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा प्राध्यापक कर्मचारी मारमा परेका छन् । क्याम्पसलाई सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गर्दा पहिलेको र विश्वविद्यालयमा गाभिएपछि तलब नपाएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । 

प्राध्यापक तथा कर्मचारीले छ महीनासम्म पनि तलब नपाउँदा विश्वविद्यालयले कुनै चासो नदिएको हो । सुदूर पश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस (गोठलापानी बैतडी), पाटन बहुमुखी क्याम्पस (बैतडी), मणिलेक क्याम्पस (मेलौली बैतडी), दार्चुला बहुमुखी क्याम्पस (दार्चुला), गोकुलेश्वर बहुमुखी क्याम्पस (दार्चुला)मा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । 

यस्तै जयपृथ्वी बहुमुखी क्याम्पस (बझाङ), बाजुरा क्याम्पस (बाजुरा), बडिमालिका क्याम्पस (बाजुरा), त्रिवेणी जनता बहुमुखी क्याम्पस (बयलपाटा अछाम), बहुमुखी क्याम्पस (जोगबुढा डडेल्धुरा), सीताराम बहुमुखी क्याम्पस (उच्चाकोट डोटी), सेतीमहाकाली बहुमुखी क्याम्पस (घण्टेश्वर डोटी), दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस (अत्तरीया कैलाली) र टीकापुर बहुमुखी क्याम्पस (टीकापुर कैलाली)मा कार्यरत प्राध्यापक तथा कर्मचारीले पनि तलब नपाएका हुन् । 

प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयमा समायोजन गर्दा ल्याइएको विभेद्कारी नियमावली समेत सच्याउन आग्रह गरेका छन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय आन्तरिक विवादमै रुमल्लिरहेको अवस्थामा आङ्गिक क्याम्पसमा दिनुपर्ने रकम निकासा गर्न सकेको छैन । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि