११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ तदर्थ समिति गठन

२४ पुष २०७५, मंगलवार १६:१३

पुस २४, कञ्चनपुर | सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको छ । 

सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित १४ वटै आंगिक क्याम्पसका प्राध्यापकको भेलाले उप–प्राध्यापक बीर बहादुर सिह(ठकुरी)को संयोजकत्वमा ५५ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समिति एव अधिवेशन आयोजक समिति गठन गरिएको हो ।

सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालयमा क्रियाशिल प्राध्यापक संघ/गठनसंगको छलफलको आवश्यकता नै महसुस नगरी आफ्नो स्वार्थपूर्तिका लागि होटेलको एक कोठामा बसी प्राध्यापक संघ गठनको नाटक मञ्चन गर्ने काम गरिएको आरोप लगाईएको छ । २० पुषमा प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा सुप विश्वविद्यालय प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको थियो । 

पाठक नेतृत्वको समिति बहिस्कार गर्दै सुप विश्वविद्यालयमा नयाँ समिति गठन गरिएको छ । सह–संयोजकमा डा. दिपक राज जोशी, गिरीराज उपाध्यायय, हरिकृष्ण कडायत, जगदिश प्रशाद लेखक रहेका छन् । भने महासचिवमा बिरेन्द्र प्रशाद भट्ट, माला भण्डारी, परमल सिह महर, हरिदत्त भट्ट, प्रकास बहादुर साउद, करन साउद र कोषाध्यक्षमा भक्तराज भट्ट रहेका छन् । 

सदस्यहरु तर्फ हरी प्रशाद लेखक, रमेशचन्द्र जोशी, शिव शंकर पन्त, हर्क साउद, केशवराज जोशी, राजेन्द्र सिह धामी,लाल बहादुर बोहरा, आत्मराज अधिकारी, रुपक रौले, भरत बहादुर स्वाँर, भिम विष्ट, नवराज जैसी, झनक राज जैशी, प्रेम प्रकास भण्डारी, डा.बसन्त आचार्य, रक्षा शर्मा, राजेन्द्र कुँवर, ऋषिराज जोशी, बिनोद भण्डारी, नरेन्द्र अवस्थी, धन सिह विष्ट, केशव राज विष्ट, शंकर पुजारा, पदम बहादुर साउद, परमानन्द अर्याल, दिर्घराज पण्डित, मान ब. भाट, पदमराज भट्ट, उद्धव देव भट्ट, भानुभक्त जोशी, राजेन्द्र प्रशाद जोशी, कर्णदेव भट्ट,धनराज विष्ट, डम्मर सिह साउद, बिरेन्द्र सिह धामी, विष्णू दत्त जोशी, दामोदर कडेल, भरत कुमार तिरुवा, उमाकान्त भण्डारी, यज्ञराज जोशी, बसन्ती शर्मा, परमानन्द जोशी रहेका छन् । 

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका पिन्सिपल प्रा.डा.भुपेन्द्र सिह विष्टको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा १४ वटै आंगिक क्याम्पसका क्याम्पस प्रमुखलाई सदस्यमा चयन गरेको छ ।  

सदस्यहरुमा प्रेम सिह भाट, केशवर कुँवर, डम्बर बहादुर पाल, मोहन राज उपाध्याय, कृष्णसिह साउद, उत्तम सिह भण्डारी, प्रदिप कुमार जोशी, कृष्ण प्रशाद जैसी, नवराज नाथ, चेतराम भट्ट, बासुदेव जोशी, सुरेश प्रशाद पण्डित, गणेश दत्त लेखक, जगतसिह रावल रहेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पसमा क्रियाशिल प्राध्यापक संघ संगठनका अध्यक्ष पदेन सदस्य रहने गरि सचिवालय समेत गठन गरिएको छ । आवश्यक मस्यौदा समिति, निर्वाचन कार्यविधी, निर्माण समिति, समन्वय तथा सदस्यता वितरण समिति समेत गठन गर्ने निर्णय गरिएको छ । 

यसैविच  सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिले केन्द्रीय क्याम्पसका पिन्सिपल डा. भुपेन्द्र सिह विष्टलाई चारबुँदे लिखित मागपत्र समेत बुझाएको छ । केन्द्रीय क्याम्पसमा रहेका तालाबन्दी खोल्ने, विवादित कर्मचारी भर्ना, तलब भत्ता यथासिघ्र निकासा र शैक्षिक वातावरण सम्बन्धमा माग पत्र बुझाएको हो । प्रिन्सिपल डा. विष्टले उक्त माग सम्बोधनका लागि प्रशासनलाई आवश्यक निर्देशन दिएको छ । कर्मचारी भर्नाकै विषयलाई लिएर विभिन्न विद्यार्थी संगठनले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस, मुल गेट विभिन्न विभागमा लगाएको तालाबन्दीका कारण पठन पाठनका साथै प्रशासनिक कामकाज प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि