२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

२३ फाल्गुन २०७५, बिहीबार ०५:०९

फागुन २३, काठमाडौँ (रासस) | नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् । 

सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको रु दुई लाखको अक्षयकोषबाट उक्त सहयोग गरिएको हो । विद्यार्थी मनदीप पौडेल, रमेश लामा, राजकुमार सुर्खेती, विनोद गजुरेल र कृष्णप्रसाद तिवारीले छात्रवृत्तिस्वरूप सो रकम पाएका हुन् । 

तिवारी दम्पतीले विद्यालयका प्रधानअध्यापक शिव पाण्डेको उपस्थितिमा प्रतिविद्यार्थी रु सात हजार सम्बन्धित विद्यार्थीलाई बुधबार हस्तान्तरण गरेको हो । सो विद्यालयका पूर्वविद्यार्थी तिवारीले आगामी दिनमा कोष वृद्धि गरी थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई जेहेन्दार बन्न आग्रह गर्नुभयो । 

काठमाडौँबाट सञ्चालित दैनिकी डटकमका निर्देशक तिवारी तत्कालीन प्रेस चौतारी नेपाल नुवाकोटका पूर्वकोषाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चका पूर्वसचिवालय सदस्य हुनुहुन्छ । उहाँ हाल संयुक्त राज्य अमेरिकाको कोलोराडोमा कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान